समाचार

रेखा थापाले भनिन्,‘विप्लव सत्तामा पुगेर काम गरेको हेर्न चाहन्छु’

अभिनेत्री रेखा थापाले प्रतिबन्धित् नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले काम गरेको हेर्ने चाहना व्यक्त गरेकी छन् । एपीवान टेलिभिजनको ‘ग्ल्यामर गफ’मा प्रकाश सुवेदीसँगको कुराकानीमा उनले नेता विप्लवले काम गरेको हेर्ने चाहना व्यक्त गरेकी हुन्।

सुवेदीले पुष्पकमल दाहाल प्रचण्ड र विप्लवमध्ये एक जना मन परेको व्यक्ति छान्ने भनेपछि अभिनेत्री रेखाले विप्लवलाई छानेकी हुन्।

विप्लवलाई आफू छान्नुको प्रष्टिकरण दिने क्रममा रेखाले विप्लवले सत्तामा रहेर काम गरेको हेर्ने चाहना रहेको बताएकी हुन् ।

विभिन्न कलाकार तथा सामाजमा प्रतिष्ठित व्यक्तिहरुलाई छान्न लगाएका सुवेदीले प्रचण्ड र विप्लव मध्ये एकलाई रोज्न भनेपछि उनले विप्लव रोजिन्।

प्रचण्ड सत्तामा पुगेर आफ्नो क्षमता देखाइसकेको भन्दै उनले विप्लव पनि सत्तामा पुगेर काम गरेपछि मात्रै राम्रो नराम्रो भन्न सकिने भएकाले उनको सत्तरोहण हेर्ने इच्छा रहेको बताइन्।

हाल विप्लव भूमिगत रहेका छन् । विप्लवसँग सम्पर्क हुन्छ भन्ने प्रश्नमा रेखाले भनिन्, ‘हुँदैन । प्रचण्डजीहरुसँग हुँदा भेट भएको थियो । अहिले उहाँ भूगिमत हुनुहुन्छ ।’ देश र जनताका लागि भन्दै भूमिगत रहेका विप्लव लोभ र मोहरहित रहेका रेखाको भनाइ छ।

Related Articles

Back to top button
Close