समाचार

करिनाको पल्लु समातेर हिंडेका पिता सैफअलीलाई छोरा ईब्राहीमले दिए दनक

एजेन्सी । ड्र’ग्स केसमा साराअली खानसंगको सोधपुछको विषयमा उनका भाई ईब्राहीमले यो विषयमा आफ्नो मुख खोलेका छन् । उनले दिदी सारासंग ड्र’ग्स को विषयलाई लिएर एनसीबीले गरेको सोधपुछको विषयले हामीलाई धेरै नै अप्ठ्यारो परिस्थितिको सामना गर्नु पर्यो ।

ईब्राहीम सैफअली र अमृताका छोरा हुन् । उनी सामाजिक सञ्जालमा अन्य बलिउड स्टार किड्सको तुलनामा धेरै नै सक्रिय रहन्छन् । उसो त उनलाई सामाजिक सञ्जालहरुमा सक्रिय रहन मन पर्छ भन्द फरक पर्दैन । उनले विशेष गरेर सामाजिक सञ्जालहरुमा आफ्ना विभिन्न प्रकारका तस्वीरहरु शेयर गरि रहेका हुन्छन् । यस अर्थ ईब्रहीम लाईम लाईटमा आउन रुचाउने स्टार किड अन्तरगत पर्दछन् ।

पछिल्लो समय ईब्राहीमले एउटा पुलमा अर्धनग्न भएर छाती मात्रै देखाउँदै खिचेको फोटोलाई शेयर गरेका छन् । उनले उक्त फोटोलाई वीइन्सटन चर्चेलको एउटा स्टाटस्संग शेयर गरेका छन् । उनले लेखेका छन्,‘यदि तपाईँ कुनै पनि अप्ठ्यारो परिस्थितिबाट गुज्री रहनु भएको छ भने अगाडी बढी रहनु पर्ने हुन्छ ।’ उनले यो स्टाटस्लाई अंग्रेजीमा लेखेका छन् ।

उनको शेयर गरेको उक्त स्टाटस्को बारेमा सोसल मिडिया युजरहरुले आ–आफ्नै विचारहरुलाई प्रतिकृयाको रुपमा दिएका छन् । कतिले यो आफ्नो बहीनी साराअली खानको बारेमा लेखिएको हो भनेका छन् भने कतिले साराले ड्र’ग्स नलिएको कुरालाई पनि लिएको भनेर एनसीबीले बिना मतलबको सोधपुछ गरेर तनाव दिएको भन्ने भावमा ईब्रहीमले एनसीबीलाई कटाक्ष हानेको हुन् भनेर अनुमान गर्दै प्रतिकृया दिएका छन् ।

ईब्रहीमको उक्त स्टाटस्को विषयमा प्रतिकृया दिने सबैभन्दा धेरै सोसल मिडिया युजरस्हरुले त पिता सैफअली खानलाई नै छोरोले कटाक्ष हानेको भनेर किटान समेत गरेका छन् । किनभने जब सारालाई एनसीबीले आफ्नो घेराबन्दीमा पारेको थियो त्योबेला एउटा बाबुले बाबु हुनुको धर्म निभएनन् भन्ने समाचारहरु पनि बाहीरिएको थियो ।

त्यसैले ईब्राहीमले आफ्नै बाबुलाई पनि यो स्टाटस्को माध्यमबाट हामीलाई तिम्रो कुनै पनि सहयोगको खाँचो छैन भन्ने मनोसायले लेखिएको हुन सक्ने अनुमान गरिएको छ । बलिउडमा पहिलो पटक छोरोले बाबुलाई कटाक्ष हानेको भनेर यतिबेला सैफअली र ईब्राहीमको चर्चा चुलीएको छ ।

Related Articles

Back to top button
Close