समाचार

नेपालको मुख्य सहरमा नै कोठी, ७ युवती र ५ युवक पक्राउपछि खुल्यो अर्को रहस्य !

काठमाडौं । कोरोना महामारीका कारण जारी लकडाउनका पनि शरीर अरुलाई सुम्पेर सन्तुष्टि प्रदान गर्ने व्यवसाय एकदम फल्दै फुल्दै गएको देखिएको छ । लकडाउनका कारण प्रहरीले खास ध्यान पुर्याउन नसक्दा नेपालका विभिन्न शहरहरुमा शरीर अरुलाई सुम्पेर सन्तुष्टि प्रदान गर्ने व्यवसाय खासै प्रभावित नभएको बताइन्छ ।

यो बीचमा पश्चिम नेपालको मुख्य शहर नेपालगन्जको न्यूरोडमा बिहिबार राति वडा प्रहरी कार्यालय नेपालगन्जले छापा मा’रेपछि ठुलो संख्यामा युवा युवतीहरु समातिएका छन् । वडा प्रहरी कार्यालयका प्रमुख डिल्लीबहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरीले छापा हा’न्दा त्यस्तो कार्यमा संलग्न युवायुवतीसहित २ जना होटल सञ्चालिकालाई पक्राउ गरिएको हो ।

कोरोना भाइरस संक्रमणकाबीच न्यूरोडका केही होटलमा अवान्छनिय कार्य भइरहेको खबर पाएको प्रहरीले छापा हा’न्दा २ वटा होटलबाट ७ युवती, ५ युवा र २ होटल सञ्चालिकासहित १४ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । उनका अनुसार पक्राउ पर्ने युवतीहरु १७ वर्षदेखि ३० वर्षका ७ जना तथा २१ वर्षदेखि ३४ वर्षका ५ जना युवाहरु रहेका छन् ।

लामो समयदेखि उक्त होटलमा त्यस्तो कार्य भइरहेको भन्ने जनगुनासो बढ्दै गएपछि छापा हा’नेको वडा प्रहरी कार्यालयले जनायको छ ।भर्खरै सरुवा भइ वडा प्रहरीको जिम्मेवारी सम्हालेका वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक आफू रहदाँसम्म यस्ता अ’नैतिक कार्य हुन नदिन हरदम प्रयास गर्ने बताए । देशका अन्य शहरहरुमा पनि यस खालको व्यवसाय फस्टाउँदै गएको छ ।

यसलाई रोक्न सम्भव नभएको बताउँदै कानुनी माAll Postsन्यता दिएर सञ्चालन गर्न सके राज्यलाई ठुलो मुनाफा हुने बुझाई पनि धेरैको रहेको छ । पक्राउपछिको बयानमा उनीहरुले धेरै पहिलेदेखि यो कार्य गर्दै आएको खुलेको छ । लकडाउनमा झनै ग्राहक आएको युवतीको बयानले प्रहरी नै चकित बनेको छ ।From janaboli

Related Articles

Back to top button
Close