रोचक

ज्योतिषशास्त्र अनुसार रातमा महिलाले यस्ता काम गर्दा भित्रिने छिन् लक्ष्मी,सँधै हुनेछ धनको बास

काठमाडौँ । मानिसहरुले गर्नुपर्ने नित्य कर्मका बारेमा शास्त्रले नै उल्लेख गरेको पाइन्छ। हामीले मात्र अनुसरण गरे दैनिक जीवन सहज हुन्छ। जोतिषशास्त्रलाई मान्ने हो भने रातिको समयमा पनि केही त्यस्ता काम गर्नुपर्छ जसले तपाईको घरमा सुख, शान्ति र समृद्धि छाउँछ । त्यस्तै यस्ता कामलाई नियमवद्ध अपनाउनाले घरमा सदैव लक्ष्मीको बास हुन्छ।

राति घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ।पूजा घर वा देव स्थानमा राति दियो बाल्नाले घरमा लक्ष्मीको बास रहन्छ। धनकी देवी लक्ष्मी प्रशन्न हुने विश्वास गरिन्छ। सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो परेपछि स्वास्थ्यमा आउने समस्या समेत दूर हुन्छ।

सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस्। यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन। सुत्ने कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ।

शास्त्र भन्छ – महिलाहरूले राती यस्ता काम गरे घरमा लक्ष्मीको बास हुन्छ १

महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ । महिलाहरुले यस्ता कामहरु राति नगरेकै राम्रो

१.सुर्यास्त पछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुन्छ ।२. ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन । यस्तो गर्नु हानिकारक हुन्छ ।३. महिलाहरुले रातमा झठा भाँडाहरु भान्छामा राख्नुहुँदैन । यसो गर्नाले लक्ष्मीको बास घरमा हुन्छ भने वैभव, सम्पन्नता घरमा आउँछ ।

यी काम गरेमा फाइदा हुनेछ

– ज्योतिष शास्त्रका अनुसार घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ । यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ ।– रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसले धन लाभ गर्छ ।– राती सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस् । यसले घरमा सुख–समृद्धिको बास गराउँछ । खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ

Related Articles

Back to top button
Close