बुधबार ०६ आश्विन २०७८

माधब पौडेल / कुरा यहि साउन २५ गतेको हो जिपि कोईराला स्वास प्रश्वास उपचार केन्द्र , तनहूँ, दुलैगौडा कर्मचारी (मेरो भतिज बुहारी) अप्सरा भण्डारी पौडेल कार्यालयबाट घर फर्कनेक्रममा व्यास नगरपालिका वडा नं. ५ चापाघाटमा बस दुर्घटना पश्चात दमौलीका विभिन्न अस्पतालमा उपचार नहुने भएपछि पोखराको मेटोसिटी अस्पताल पुयाईन्छ , बिहान करिब १ देखि सवा ११ को बिचमा पुर्याएको घाईतेलाई हामी उपचार गर्न सक्छौ कि सक्दैनौ भन्ने जवाफ नदिईकन बेलुका करिब ७ बजेतिर उपचार हुन नसक्ने बताईन्छ ।

रातभरको माथापच्चीपछि भोलिपल्ट खराब मौषमका बाबजुद पत्रकार प्रदिप काफ्लेको सहयोग र सद्भावले बिहान करिब १०ः३० को समयमा ग्राण्डी अस्पतालको हेलिप्याडमा हेलीकप्टर ल्याण्ड गराईन्छ त्यसपछि चिकित्सकहरुको दौडादौड शुरु हुन्छ , पैसाको खोलो बगाईन्छ, अपरेशनहरु गरिन्छ , बिरामीको अवस्था अलिकति सुध्रिएको भान भयो र केहि मानिस अन्य तारतम्य मिलाउनको लागि काठमाण्डौबाट राति ८ बजे दमौलीतर्फ लागिन्छ ।

अपरेशन पश्चात चिया र सुप खाएको बिरामी केहि समय पश्चात बेहोश भएको खबर आयो तैपनि अपरेशनको कारणले होला भन्दै स्वास्थ्य लाभको कामना गर्दै भगवान सम्झदै त्यसै सम्बन्धित कार्य गरिन्छ । अनेकन कार्य सकेपछि फेरि भोलिपल्ट अर्थात २८ गते बिहान ५, ६ बजेतिर काठमाण्डौ जाने प्लानमा बिदा भईन्छ तर एकाएक २ बजे राति काठमाण्डौबाट फोन आयो डाक्टरले बिरामीको श्रीमान् सूर्यभक्त पौडेल र काका रमेश पौडेललाई तपाईका आफन्तहरु डाक्नुस् अब बिरामी छैनन् भन्नुभयो भन्ने खबर आउछ ।

पिडै पिडाले निदाएको मान्छेको होश हवास उड्यो अप्सराको आत्माको शान्तिको कामना गर्दै दमौलीबाट २ वटा गाडि र भिमादबाट एउटा गाडिमा करिब १२, १३ जना २ः३० को समयमा काठमाण्डौ हिडियो । अस्पालमा पुग्दा थुप्रै आफन्त र शुभचिन्तकहरु जम्मा हुनुभएको रहेछ । दुर्घटनामा गम्भिर चोट लागेको थियो डाक्टरले पनि बचाउन सकेनन् न त हाम्रो प्रार्थानाले काम गर्यो हामी रोयौ करायौ । मानिसको चोला आज सद्धे छ भोलि के होला भने झैं भयो मन बुझाउन नसकेपनि मन बुझाएझै गरेर बस्न त के सकिन्थ्यो र छटपटाईरह्यौ ।

अब त्यसपछि शुरुभयो ग्राण्डी अस्पतालको चरित्र बिरामीलाई बचाउन सकिएन भनिएको छ तैपनि कस्तो छ के हो भनेर बुझ्नको लागि डाक्टर भेट्नको लागि फोर्स लगाउनुपर्ने भयो अनेकौ फोन पश्चात बल्ल बल्ल डाक्टर पाण्डेको दर्शन पाईयो । अनि मिठो मधुर कुरा पश्चात बिरामीको अवस्थाको बारेमा जानकारी दिईयो बिरामी भ्यान्टिलेटरमा छ मुटुको चाल ठिक छ, अक्सिजनको मात्रा ठिक छ तर यो बिरामी बच्यो भने चमत्कार हुन्छ सम्भावना एक पर्सेन्ट छ । म एक घण्टामा खबर दिन्छु । मनमा आशाा पलायो चमत्कार नै भईदिओस् भनेर बसिरह्यौ ।

डाक्टर पाण्डेले भनेझै एक घण्टामा खबर आएन । भेन्टिलेटरमा बिरामीलाई हेर्न जानेहरु रुदै निस्कियौ । हाम्रो मान्छे ज्युदो हुनुको कुनै अवशेष नै थिएन । हाम्रो मान्छे पन्ध्र दिनसम्म पानीमा तैरिएर पाखामा निकालिएको जस्तो भएको थियो । शरिरका नशा, शरिरको मासु, आँखा, जिव्रो केहि लक्षणले पनि उक्त बिरामीलाई ज्युदो भन्न सक्ने अवस्था थिएन तै पनि डाक्टर पाण्डेको वचन सम्झिदै चमत्कार हुन्छ कि आश गर्दै घण्टौ कुर्दा पनि १ घण्टामा खबर दिन्छु भनेको खबर नै आएन । पिडा छ तैपनि करिब साँझको समयमा आसियुका ईन्चार्ज डाक्टर खनाललाई फोन गरेर बिरामीको अवस्था सोध्दा त आफु बिहानदेखि नै बाहिर भएको र अप्सरा भण्डारी पौडेलको अवस्था हिजो बेलुकादेखि नै ज्युँदो नरहेको अप्सराका श्रीमान् सूर्यभक्त पौडेललाई जानकारी गराउनुहुन्छ ।

मन सारै कुँडियो, न त बिरामीको ज्यान बच्यो न त बिरामीको खबर १ घण्टामा खबर आयो, आयो त आयो हिजै बेलुकादेखि नै मुर्दा बनिसकेको खबर आयो । हो हामीलाई थाहा थियो हाम्रो बिरामीको अवस्था एकदम जटिल छ तर पनि सास रहिन्जेल आश हुन्छ भनेर हामीले अस्पतालले डिपोजिट गर्नु भनेको पैसा डिपोजिट गर्न कहिल्यै विलम्ब गरेनौ । हाम्रो बिरामी मृत भईसकेको खबर पाएपछि पो हामीले विचार गर्यौ सुविधा सम्पन्न भन्ने अस्पताल भनेर त मुर्दा देखाएर पैसा असुली रहदो रहेछ । हामीले भद्र किसिमबाट आवाज उठायौ यतिबेला अन्य पिडित मान्छेहरु धेरै फेला परे । यतिसम्मकि हेलिकप्टरमा आएको विरामीका परिवारलाई २५, ३० लाखको बिलको भारि बोकाउने उहाँहरुको सल्लाह नै हुदाँरहेछ ।

तपाई हेलिकप्टरमा गएको मान्छेलाई कम्तिमा २५, ३० लाखको भारि बोकाएपछि मात्र अस्पतालले सन्चो भएको मान्छे जिम्मा लगाउनुहुदो रहेछ या त लाश जिम्मा लगाउनुहुदो रहेछ । यो घटनाले धेरै कुरा जान्नेसुन्ने र बुझ्ने मौका पाईयो । हामीले हाम्रो बिरामी त्यहाँ लग्नुभन्दा अगाडि बजारमा ग्राण्डी अस्पतालका बारेमा सुनेका हल्ला पुरा विश्वास गरेनौ र अस्पतालभित्र पवित्र मन्दिर सम्झेर झिर्यौ तर लामो समयदेखि ग्राण्डी अस्पतालले लाशमाथि पैसा कमाएर तला थप्दै गरेको अर्को शिकार हामी बन्यौ । उहाँहरु बिच उर्दि नै जारि रहेछ जसरी हुन्छ बिल धेर चढाउ झन् हेलिकप्टरमा आउने बिरामी त पैसावाला हुन्छन् भए बिरामी नभए उपचार हुदैछ भनेर लाश केहि दिन राखेर भनेपनि पैसा असुल किनकी सबैले सोच्छन् अस्पताल मन्दिर हो डाक्टर भनेका भगवान हुन् ।

बिलको भारि बोकाएपनि पैसा तिर्नु कुनै ठुलो कुरा भएन तर मान्छे गुमाउनुको असैह्य पिडा अनि लाशमाथि लुछिरहेको हामी कसरी हेर्न सक्थ्यौ रु ठुलो बिद्रोह पश्चात आचार्य थरका एकजना डाक्टरहात जोडेर सरि भन्दै हाम्रो मान्छेको बडि दिन तयार हुनुभयो । तर कस्तो अचम्म हामीले हाम्रो मान्छेको बडि लिन पावर लगाउनुपर्यो, अनेकौ फोन थिच्नुपर्यो । हामीले काउन्टरमा पैसा तिर्न पनि पावर लगाउनु भनुसुन गर्नुपर्यो ।

लाखौको बिटो चाडै नै गएझै गर्दै चिन्तित हुदै ग्राण्डीले हामीलाई हाम्रो मान्छेको बडि दियो हामी केहिबर्ष अगाडि डोली चढाउदै ल्याएकी अप्सरा भण्डारीबाट अप्सरा भण्डारी पौडेल भएकी स्वर्गवास भएकी उन्लाई लिएर आयौ र दमौलीको घटमा उन्को अन्त्येष्टि गर्यौ र आज किररियामा बस्दै उनलाई सम्झिरहेका छौ र सम्झिरहेका छौ लाश देखाएर पैसा असुल्ने ग्राण्डी अस्पताल र हाम्रो मान्छेको लाश दिनुपर्दा लाखौ फुत्कियो भनेर मन अमिलो बनाउने ग्राण्डी अस्पतालको प्रशासन । अनि नेपालको स्वास्थ्यक्षेत्र अनि सरकार अनि स्वास्थ्यक्षेत्रमा कमाईहुन्छ यो त सफेद लुट हो भनेर लगानी गर्ने नेता र स्वास्थ्य माफियाहरुलाई । सर्वज्योतीवाट

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया