समाचार

श्रीमान वितेको दुई महिनामै फेरी अर्को बज्रपात… रुँदारुँदै सकियो अन्तरवार्ता (भिडियो हेर्नुस्)

दागंको देउखुरीमा एउटा निन्दनिय घटना सार्वजनिक भएको छ । एक जना महिला जसले दुई महिना अघि मात्र श्रीमान गुमाएकी थिइन् । उनी छोराछोरीको भविष्यका लागि सिमेन्ट उद्योगमा काम गर्थिन । साना ३ जना नाबालक छोराछोरीलाई पालन पोषण गर्न र पढाउन सिमेन्ट फ्याक्ट्रीमा काम गर्दै आएकी महिलालाई सोही फ्याक्ट्रीमा काम गर्ने अर्का ब्यक्तिले अनैतिक काम गर्दै आएका थिए ।

आफ्नो गरिबी र कमजोर अवस्थाको फाइदा उठाउँदै पुरुषले नराम्रो काम गरेको बताइन् । श्रीमानको निधन हुनुअघि एक वर्ष अघि पनि आफु माथि त्यस्तै घटना हुँदा सबैलाई त्यसवारे सुनाइन् । तर कसैले पनि उनको कुरा सुनेन । आफुलाई भएको घटना सुनाउँदा ति पुरुषले कामवाट निकालिदिने चेतावनी दिए । काम छ भनेर बोलाउने, काममा जाँदा पुरुष कर्मचारीले अवस्थाको फाइदा उठाउने गर्ने गरेका छन् ।

एक वर्ष अघि भएको घटनाका बारेमा कसैले सहयोग नगरेका कारण उसको हिम्मत बढेको महिलाको भनाई छ । घटना हुनुभन्दा अघि पनि ति पुरुषले म तिमीसंग विवाह गर्न चाहन्छु । म तिम्रो छोराछोरी पनि हेर्छु भन्दै फकाउने गरेको महिलाको भनाई छ ।

आफुले भनेको नमान्दा अनावश्यक आरोप लगाउने समेत गरेको उनको भनाई छ । अफिसमा चिया पकाउने लगायतका काम पनि कहिले काँहि गर्थिन । पार्टी भएको दिन १० लिटर तेल चोरेर लगि भनेर आरोप लगाए । उसले भनेको नमानेका कारण आफुलाई चोर आरोप लगाएको बताइन् । ति पुरुषले मेसमा काम गर्ने गरेको बताउँछन् । मेसमा काम गर्नेलाई ब्यवस्थापन गर्ने लगायतका काम पनि गर्ने गरेको बताएका छन् ।

पछिल्लो पटक गेष्ट रुम सफा गर्नुछ एक जना महिलालाई पठाइदिनु भनेर बोलाउन लगाए । उनी रुम सफा गर्न जाँदा तैंले त मैले भनेको मानिनस् अब हेर मेरो पावर भन्दै ढोका लगाएर अनैतिक काम गरेको बताइन् । कसैलाई भनिस् भने कामवाट निकालिदिन्छु भनेर ध म्की दिने गरेको बताइन् । रातभरी मोवाइलमा फोन गरेर डिस्टर्व गर्ने गरेको उनको भनाई छ । त्यसरी रातभरी फोन गरेको सुनेर घरवेटीले घरवाट निकालिदिने बताएपछि अहिले बाध्य भएर घटना सार्वजनिक गरेको बताइन् ।

Related Articles

Back to top button
Close