समाचार

आज काठमाडौं उपत्यकाका यी स्थानहरुमा सात घण्टासम्म बत्ती जाने ,हेर्नुहोस तपाईंको तिर पर्‍यो कि ?

काठमाडौं, २४ असोज। काठमाडौं उपत्यकामा आज सात घण्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ ।नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन मर्मत गर्न, तारमा छोएको रूखको हाँगा काट्न, विद्युतको पोल सार्नका लागि विद्युत् कटौती गर्नु परेकोले सात घण्टासम्म विद्युत् कटौती गर्ने भएको जनाएको छ । प्राधिकरणका अनुसार उपत्यकाको लगनखेल, कुलेश्वर, बालाजु, पुल्चोक र जारेपाटी वितरण केन्द्रबाट वितरण भएका विद्युत् आज करिब सात घण्टासम्म अवरूद्ध हुनेछ ।

प्राधिकरणले लगनखेल वितरण केन्द्रको टौखेल र चापागाउँ उपकेन्द्रबाट लाइन काटिँदा मुलपानी, कोतडाँडा, विष्टचाप, मानडाँडा र धोबीखोला क्षेत्रमा ११ बजेदेखि ६ घण्टा बत्ती नआउने छ भने कुलेश्वर वितरण केन्द्रबाट विद्युत कटौती हुँदा सालिक चोक, पार्टी चोक, अमरज्योती स्कूल, हसन्टार र मालपोत क्षेत्रमा साँझ पाँच बजेमात्रै विद्युत् नियमित हुने छ।

त्यसैगरी, बालाजु वितरण केन्द्रबाट विद्युत् काटिँदा शेश्मती, गोलढुंगा, लोलांग, फुयाँलथोक, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रे देउराली, जितपुर फेदी, ढुंगेधारा, नर्सरीचोक, वनस्थली, कुमारीटोल क्षेत्रमा दिउँसो चार बजेसम्म विद्युत् नआउने प्राधिकरणले बताएको छ ।

पुलचोक वितरण केन्द्रबाट विद्युत् काटिँदा सानेपा, स्टार हस्पिटल क्षेत्र, नयाँ बाटो, सिद्धार्थ कटेज, पाटिपा चोक र भनिमण्डल क्षेत्रमा दिउँसो चार बजेसम्म विद्युत् नआउने जनाइएको छ, भने जोरपाटी वितरण केन्द्रबाट विद्युत् काटिँदा मुलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रीनहिल सिटी, थली, डाँछी, भद्रवास, आलपोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, गाग्लेभारे र जरसिंहपौवा क्षेत्रमा साँझ पाँच बजेसम्म विद्युत् आउने छैन ।

Related Articles

Back to top button
Close