रोचक

शुक्रबार यी वस्तु चढाएर कुबेरको पुजा गरेमा मिल्छ, यस्तो फल !

काठमाडौं २३ असोज । धन, सम्पति ,वैभव तथा सम्पन्नताको प्रतिक मानिने भगवान कुवेरको पुजा आरधाना गर्ने उत्तम दिन शुक्रबार हो । शुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रि समयमा कुबेरको पूजा शुभारम्भ गर्न सकिन्छ ,भने कुवेरको पुजा आरधाना तथा व्रत बस्नाले जीवनमा सुख, शान्ति, धनसम्पति सबै पुर्ण हुने विश्वास गरिन्छ ।

तामाको प्लेटबाट बनेको कुबेर यन्त्रको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर आफ्नो घर, अफिस पसल तथा आफ ुबस्ने ठाँउमा राख्न सकिन्छ । यसरी कुबेर यन्त्र राख्दा आफुले हरेक पटक बाहिर भित्र गर्दा देखिने गरी राख्नुपर्छ । हरेक बिहान पुजा आरधाना गर्दा कुबेर यन्त्रको जप १०८ चोटी गर्नुपर्छ । जप गदा यो मन्त्र्र ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ उच्चारण गर्नुपदर्छ ।

कुबेर यन्त्र राखेको घर तथा अफिसमा सकारात्मक उर्जा प्राप्त हुने भएकाले यसको पुजा आरधाना गर्दा सुगन्धित धुप, पहेलो बस्त्र हल्दी, जल, आँपको पात, उखु, कुबेर यन्त्र, , कलश, चन्दन, कुमकुम, , घ्यू, तेल,, सुपारी, दीप दही, , पुष्प अक्षता, पीपलको पात आदि सामग्री चाहिन्छ । यसरी पुजा आरधाना गरेको कुबेरको यन्त्रको आशिंक लिएर घरबाट बाहिर निस्किए वा कुनै काममा गए शुभलाभ मिल्ने धार्मिक विश्वास रहिआएको छ ।हिन्दूधर्ममा कुबेरको संरक्षकको रूपमा प्रयोग गरिएको छ

Related Articles

Back to top button
Close