मंगलबार ०५ आश्विन २०७८

एजेन्सी । अफगानिस्तानको राष्ट्रिपति अशरफ घानीले चारवटा कार र हेलिकप्टरमा पैसा भ’रेर लगेको काबुलस्थित रुसको राजदूतावासले दावी गरेको छ। आइतबार वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति घानीले देश छा’डेर भा’गेका थिए । त्यसपछि तालि’बानले राष्ट्रपति कार्यालयमा क’ब्जा गरेको थियो ।

रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए। उनीहरू हेलिकोप्टरमा पनि पै’सा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छाडेर गए ।’ पछि न्युज एजेन्सीसँग कुरा गर्दा पनि उनले सो कुरा दोहोर्याइन् । यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो ।

यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी छ। अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दाबी गरेको छ। आफ्ना निकटस्थहरू भागेका ​राष्ट्रिपति घानी र उपराष्ट्रपति सालेह कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन । केहीले उनीहरू ताजिकिस्तान त केहीले उनीहरू अमेरिका पुगिसकेको दाबी गरेका छन् ।

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया