समाचार

उपत्यकाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय !

काठमाडौं । कोरोना महामारी संक्रमण झनै बढेपछि कर्मचारी सञ्चय कोषले आज शुक्रबार एक दिन काठमाडौं उपत्यकाका सबै कार्यालयहरु बन्द गरेको छ ।

उपत्यकाका शाखामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सबै कार्यालयहरु बन्द गरिएको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए ।

उनले कोषबाट प्रदान हुने अनलाइन सापटी सेवा यथावत रहने र बाँकी सबै सेवा बन्द गर्ने जानकारी दिए । यस्तै उपत्यका बाहिरका सेवा सुचारु रहने उनले बताए ।source Arthatantra.com

Related Articles

Back to top button
Close