समाचार

दशैँमा यो ठाँउमा घर जाँदा १४ दिन क्वा’रेन्टिन बस्नैपर्ने स्थानिय सरकारको निर्णय !

दमौली – दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वा’रेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला स’ङ्क’ट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले को’भिड–१९को जो’खिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा को’भिड–१९ को जो’खिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको
वडास्तर सम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ । त्यसका लागि स्थानीय स्तरमा
गठन भएका अनु’गमन समितिलाई थप सक्रिय र प्र’भावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।

बैठकले प्रत्येक स्थानीय तहमा एम्बु’लेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ ।
ब्यास नगरपालिका–५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए।

उनका अनुसार आइसोलेसनमा रहेका स’ङ्क्र’मितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भा’इरस नेगेटिभ
नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ ।

Related Articles

Back to top button
Close