सिंगापुरे लाहुरेसंग विवाह गरेको २ महिनामै सुनीको मृ’त्यु भएपछि पक्राउ परेकालाई यस्तो भयो अदालतको आदेश
काठमाण्डौं । धरान–११ की सुनिहाङ्गमा लिम्बुको ज्यान गएको बिषयमा पक्राउ परेका ४ जना धरौटीमा छुटेका छन् । सुनसरी जिल्ला अदालतले उनीहरु ४ जनालाई नै जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाडेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्दब्रहादुर बस्नेत जानकारी दिए । छुट्नेहरुमा सुनिका ससुरा ६१ वर्षीय भीम माबो, आमाजू २८ वर्षीया सन्जु माबो, २५ वर्षीया विमला माबो र देवर २० वर्षीय हेमकुमार माबो रहेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
सुनिहाङ्गमाको निधन संकास्पद भएको भन्दै माइती पक्षले ज्यान लिइएको दाबी गर्दै सुनिहाङ्माका पति आइत माबो सहित उनको परिवारका ५ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । सरकारी वकिलको कार्यालयले पोष्टमार्टम रिपोर्टसहित प्रहरी अनुसन्धानको आधारमा दु रु त्सा ह न मु द्दामा आइतबार अभियोग दर्ता गरेको थियो ।
यस अघि धरानमा विवाह गरेको दुई महिनामै युवतीको निधन भएको घटनामा बाहिर आएको थियो । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी सुनी लिम्बु निधन भएको अवस्थामा फेला परेकी थिइन् । छोरीले देह त्याग गरिन् भनेर माइतीलाई खबर गरेपछि घरमा पुगेका माइतीका सदस्यले घटना संकास्पद रहेको बताउँदै छन् ।
ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । देहत्याग गरेको बताइएको धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको घटनामा माइती पक्षले दिएको किटानी जाहेरी पछि श्रीमानको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटना कसरी भयो भन्ने बिषयमा प्रहरीको अनुसन्धान जारी छ । श्रीमान्को परिवारले देह त्याग गरेको बताएका छन् भने माइती पक्षले शंकास्पद भन्दै किटानी जाहेरी दिएका थिए । तर श्रीमान्का भिनाजुले सोनीको अन्य युवकसंग पनि सम्बन्ध रहेको दावी गरेका थिए । विवाह अघि पनि एक जना युवकसंग सोनीको सम्बन्ध भएको र त्यो कुरा श्रीमान्लाई पनि थाहा भएको उनले मिडियामा बताएका थिए । तस्वीर: सामाजिक सञ्जाल