शनिबार ०५ आषाढ २०७८

सउल, २८ फागुन – दक्षिण कोरियामा औद्योगिक दु र्घटनामा परी एक नेपालीको ज्या न गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृ त्यु भएको हो ।

घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गर्नुभएको हो ।दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे ल डेका थिए । ल डेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृ त घोषणा गरेको थियो । हाल उनको श वलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृ तकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताउनुभयो ।(रासस)

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया