मंगलबार ०७ चैत्र २०७९

बीवाहको डेढ महिना अघिमात्रै नायक श्रीकृष्ण श्रेष्ठ पनौती–१२, खोपासीस्थित श्वेता खड्काको घरमा आएका थिए । विवाहपछि ससुराली आउने सपना दिल्लीमा केमो थे’रापीको पहिलो डोजसँगै अन्त्य भएको थियो भने उनको निध’नको समाचार टिभीमा हेर्ने झग’डामा ससुराली गाउँकी एक किशोरीको ज्या’न गएको थियो ।

श्वेताको घरमा तला थपिरहेको समय पनि श्री’कृष्णले अभिभा’वकको भूमिका निभाएका थिए । ‘उहाँ मेरो मात्र नभई घरकै अभिभावक बन्नु भएको छ,’ श्वेताले अघिल्लो दसैंमा भनेको सम्झिए छिमेकी शिव महतले ।

जतिबेला रञ्जना (श्वेता) श्रीराम माबि खोपासीबाट एसएलसी सकेर इन्द्रेश्वरमा भर्ना भइन्, त्यतिबेला फिल्म, नृत्य, भलिवल र फुटबलमा रुची थियो । २०६१ सालमा पनौतीको इन्द्रेश्वर उच्च माविमा कक्षा ११ को शिक्षा संकायमा भर्ना भएकी उनी प्लसटु सकाएर काठ’माण्डु गइन् । आफन्तकोमा बसेर नृत्य’को कक्षा लिन थालिन् ।

त्यतिबेला श्रीकृष्ण श्रेष्ठले निर्माण गर्न लागेको ‘कहाँ भेटिएला’ फिल्मका लागि नायिका खोजी भइरहेको थियो । श्रीकृष्णले साथीभाइको सहयोगमा रञ्जनाको नृत्य हेर्न प्रशिक्षण केन्द्र पुगे । श्रीकृष्णले नृत्य मन पराए र नेपाली फिल्मप्रतिको बुझाई ,हेराइ र आइपर्दा फिल्म खेल्ने सोचका बारेमा प्रत्यक्ष कुरा गरे ।

त्यतिबेला रञ्जना श्वेता भइ’सकेकी थिइन् । श्रीकृष्णजस्तो कलाकारले आफ्नो नृत्य मन पराएर एकैपटक ठूलो फिल्ममा प्रस्ताव गर्दा आनाकानी गर्ने कुरै भएन । त्यतिबेलैदेखि श्री’कृष्ण श्वेताको अभिभावक बने ।

उनी भाडामा बस्थिन् । बाबु जमदार ओतबहादुर खड्का र आमा गोमा खड्काको पहिलो सन्तान हुन् श्वेता । दुई भार्इ र एक बहिनीको श्रीकृष्णले श्वेतालेभन्दा बढी रेखदेख गरे । उनीहरुकै सहयोगमा बहिनी आरजी इजरायल गइन् ।

इजरायलमा केही वर्ष बसेपछि पुनः नेपाल आएर गत वर्ष मात्रै फर्किएकी थिइन् । दुई भार्इ शैलेष र शिव अध्ययन सँगसँगै काठमाण्डुमा काम गर्न थाले । श्वेताले फिल्म खेल्दै श्रीकृष्णसँग व्यापार सुरु गरेपछि बालाजुमा सात महिना मात्रै भयो परिवारका लागि घर खरिद गरेको ।

श्वेताको फिल्ममा अनुवन्धित भएपछि सुटिङका क्रममा पुर्‍याउन र लिन आउने गरेका श्रीकृष्ण त्यतिबेलादेखि नै खोपासी घरमै बस्न थालेका थिए । जब फिल्म हिट भयो, त्यसपछि खोपासी आउने क्रम बाक्लिएको थियो । ‘एकपटक भेटेको मान्छेलाई कहिल्यै नबिर्सने क्षमता भएका सरल र शिष्ट श्रीकृष्ण कसैले नमस्कार गरे गाडी रो’केरै दुई हात जोड्थे’ शिब सम्झन्छन् ।

जतिपटक खोपासी आइपुग्थे, त्यति नै पटक छिमेकीसँग भेटघाट गर्थे । ‘हरेक दसैंमा श्रीकृष्ण श्वेतालाई पुर्‍याउन खोपासी आउँथे र सिन्धुपाल्चोक घरमा लगेर फर्कंदा श्वेतालाई साथै लिएर फर्कन्थे ।

‘विवाहपछि खोपासी आउने सपना अधुरै रह्यो’ शिवले भने । ओतबहादुरका चारबवटी श्रीमतीमध्ये कान्छी हुन् गोमा । उनकै कोखबाट जन्मेकी पहिलो सन्तान श्वेताको खुसीका लागि परिवारले उन’को निर्णयलाई क’हिल्यै छेकेन ।

श्रीकृष्ण बितेको धेरै समयपछि श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।

यो उनको दोस्रो विवाह हो । केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिन’हरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भाव’पुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसार’बाट विदा भए ।

कोहिनुर फिल्मको बिमोचन समारोहमा स्वेता र श्रीकृष्ण श्रेष्ठ उ’पर गरिएको प्रशनको उत्तर दिदै – प्रेम अ;न्धो हुने जिमिर गरेका थिए । यहाँ थि’चेर भिडि’यो हेर्नुहो’स

२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया