समाचार

कतारले कोरोनाविरुद्धको खोप निःशुल्क दिने

काठमाडौं : कतारले आफ्नो मुलुकमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आवश्यक पर्ने आप्रवासी कामदारसहित सबैलाई निःशुल्क उपलव्ध गराउने जनाएको छ ।

कतारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख समेत रहेका डा. अब्दुल्लाह अल खालले केही समयपछि खोपको पर्याप्त प्रवन्ध गर्ने प्रयास गरिरहेको जानकारी दिँदै खोपले अनुमति पाउने वित्तिकै आफ्नो मुलुकले प्राप्त गर्ने गरी स्वास्थ्य मन्त्रालयले प्रयास जारी राखेको बताएका छन् ।

फिजर कम्पनीसँग खोप उपलब्ध गराउने सम्बन्धमा कतारले सम्झौता गरिसकेको खाललाई उदृत गर्दै कतार ट्रिब्यूनले समाचार लेखेको छ ।

सन् २०२१ को सुरुवातमा पहिलो चरणमा खोप प्राप्त गर्ने विश्वास गरिएको उनले बताएका छन् । हाल कतारमा बसोबास गरिरहेका आप्रवासीमध्ये अरबी १३ प्रतिशत, भारतीय २८.८ प्रतिशत, ७.३५ प्रतिशत फिलिपिनो, १२.५ प्रतिशत नेपाली, १२.५ प्रतिशत बंगलादेशी ९.३५ प्रतिशत ईजिप्सियन, ४.३५ प्रतिशत श्रीलंकाली र बाँकी अन्य देशका रहेको आँकलन छ ।

Related Articles

Back to top button
Close