
एजेन्सि – कुखुराको भालेलाई गाँउ नि’का’ला गरेको छ ।हामीले कुनै पनि गाँउ ठाँउको वा राज्यको नियम उललंघन गरेको भन्दै मान्छेहरुलाई देश निका’ला गरेको समाचार सुन्दै आएका छौ । तर यो दुनियाँमा कुखुरालाई नै गाउँ निकाला गरेको खबर सुन्दा हामी कसैलाई विश्वास नलाग्न सक्छ । यो घटना अष्ट्रियाको मार्कस्र्डर्फमा घटेको घटना हो ।
सामान्यतय कुखुराको भालेको काम भनेको बास्ने नै हो तर उक्त भालेको लागि कुखुरी काँ गरेर बास्नुनै उसको लागि अ’भिशा’प बनेको छ । अन्तत उसलाई गाँउ नै निकाल गरे । यसरी चिच्याएर बासेको आरोपमा एउटा भाले गाउँ निकालामा परेको घटना युरोपेली मुलुक अष्ट्रियाको हो ।
उक्त भालेको आवाजले दिक्क बनाएको भन्दै धेरै गाउँलेहरुले उजु’री गरे । जसका कारण भालेलाई गाउँ निकाला गर्ने निर्णय भएको छ । उसका लागि नयाँ वासस्थान खोज्ने प्रक्रिया अघि बढिसकेको छ । स्थानीय एउटा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै स्थानीय एक जना महिलाको घरमा पालेर राखेको उक्त भालेको आवाज स्थानीयवासीहरुलाई पटक्कै चित्त बुझेन ।
विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै विद्यालयले उक्त घरमा तिनवटा कुखुरा पालेको थियो । त्यसमध्ये दुईवटा भाले र एउटा पोथी थियो ।भालेहरु पटक/पटक जोडसँग बास्ने मात्र नभै एक आपसमा लडाइँ झगडा गर्दासमेत ठूलो-ठूलो आवाज निकाल्ने भएपछि दुईवटा भालेमध्ये ठूलो आवाज निकाल्ने भालेलाई त्यहाँबाट निकाला गर्ने निर्णय गरिएको हो ।
तर एउटा भाले र अर्को पोथी भने त्यहीँ नै रहन पाउनेछन् । कुखुरा पाल्ने ती महिलाले भने उक्त भाले निकै असल स्वभावको रहेको र आवाज मात्रै ठूलो रहेको बताएकी छिन् । गाउँ निकाला गरिने भालेका लागि नयाँ घरको खोजी भैरहेको तर अहिलेसम्म कुखुरा पाल्ने मानिस फेला नपरेको उनको भनाइ छ । यदि उक्त कुखुरा पाल्ने मानिस फेला नपरेमा चाहीँ कुखुरालाई बधशालामा पठाइनेछ ।