मंगलबार ०७ चैत्र २०७९

काठमाडौं : बार्सिलोनाबाट हालै विदा भएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मेस्सी २ वर्षका लागि पीएसजीमा रहनेगरी सम्झौता भइसकेको दाबी गरेका छन्। द स्काई स्पोर्ट्सका अनुसार मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गर्नेछन् त्यसमा १ वर्ष सम्झौता लम्बाउन सकिने विकल्प पनि रहेको छ । पिएसजीले मेस्सीलाई वार्षिक २५ मिलयन पाउन्डको प्रस्ताव राखेको छ । पिएसजीले केही दिनपछि उनलाई सार्वजनिक गर्नेछ ।

६ पटक बालोन डी ओर जितेका मेस्सीले गत हप्ता बार्सिलोना छोडेका थिए । मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् भने कप्तानको रुपमा ३५ ट्रफी उचालेका छन् । यसअघि शुक्रबार बार्सिलोनाले मेसी अब क्लबमा नबस्ने बताएको थियो। आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो।

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो। यसअघि बार्सिलोना र मेसीबीच पाँच वर्षका लागि नयाँ सम्झौता हुन लागेको र मेसीको तलब आधा घट्ने बताइएको थियो। सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले गत वर्षको अगस्टमा आफूले बार्सिलोना छाड्न चाहेको भन्दै फ्याक्स पठाएका थिए।

तर बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज पूरा भए मात्र मेसीले क्लब छाड्न सक्ने बताएको थियो। जसका कारण मेसी अन्य क्लबमा आबद्ध हुने बाटो कठिन बनेको थियो। अन्य क्लबमा जाने प्रयासमा बार्सिलोना बाधक बनेपछि मेसीले आफ्नो प्रिय क्लबविरुद्ध कानुनी लडाइँमा नलड्ने भन्दै एक वर्ष बार्सिलोनामै बस्ने बताएका थिए। मेसीले गत सिजनमा बार्सिलोनाका लागि अन्तिम खेल खेलेका थिएनन्। उनी कोपा अमेरिकाअघि छुट्टी मनाउनका लागि जाँदा एइबारविरुद्धको खेल गुमाएका थिए।

सिजनमा बार्सिलोना ला लिगामा तेस्रो भयो। बार्सिलोना २००८ पछि ला लिगामा तेस्रो भएको थियो। बार्सिलोना तेस्रो भए पनि मेसी ला लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए। मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष भएको छ। मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।

त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन्। उनले बार्सिलोनामा रहदा ३५ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन्। उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन्। सन् २०१७ मा विश्व कीर्तिमानी २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) मा बार्सिलोनाबाट ब्राजिलियन फरवार्ड नेइमारलाई भित्र्याएको फ्रेन्च क्लब पिएसजीले लिओनल मेसीसँग पनि सम्झौता गर्न चाहेको बुझिएको छ। मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ।

४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया