
काठमाडौं उपत्यकामा बिहीबारदेखि निजी तथा सार्वजनिक सवारीसाधन राति ८ बजेपछि चलाउन नपाइने भएको छ ।
मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।
यसअघि थपिएको निषेधाज्ञा भोलि बुधबार रातिदेखि सकिँदैथियो । कोरोना महामारी बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छउपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।
बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए ।