मंगलबार ०७ चैत्र २०७९

हरिसिद्धि ललितपुर निवासी डा. सरिता श्रेष्ठ तथा इन्जिनियर मेगेन्द्रकुमार श्रेष्ठले राष्ट्रिय आविस्कार केन्द्रलाई गाडी सहयोग गरेका छन्। श्रेष्ठ दम्पतिले महावीर पुनलाई आफ्नै निवासमा बोलाएर बा ६ च ७५६८ नम्बरको ७५ हजार किलोमिटर चलेको टाटा टी एल क्रिउ क्याब गाडी प्रदान गरेका हुन्।

पुनले गाडीको ब्लु बुक, नवीकरण र इन्स्युरेन्स गरेको कागजपत्र पनि श्रेष्ठ दम्पतीले दिइसकेको बताए। उनले भने, ‘उहाँहरुले त्यो गाडी पहिले विभिन्न काममा प्रयोग गर्नु भएको रहेछ। खासगरी अस्पतालहरुमा, हेल्थ क्याम्पहरु गर्दा प्रयोग भएको रहेछ।

अहिले उहाँहरुले त्यो काम गर्न छोड्नु भएछ। त्यो गाडी यत्तिकै बसिरहेको रहेछ। अनि उहाँहरुले सहयोग गर्नु भएको हो।’ उक्त गाडीलाई राष्ट्रिय आविष्कार केन्द्रले सामानहरु ओसार्ने काममा र काम बिशेषले बाहिरी जिल्लाहरुमा जानु पर्दा सवारी साधनको रुपमा पनि प्रयोग गर्ने उनले बताए।

उक्त गाडीले राष्ट्रिय आविष्कार केन्द्रको हाल भइरहेको ढुवानी खर्चको धेरै पैसा बचाउन मदत पनि गर्ने उनको भनाइ छ।

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया