
काठमाडौं । हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माण गरिरहेका छन् । आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम भइरहेको दीपक बताउँछन् । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहने छन् ।
“दुई/दुईसय गरेर दुईवटा स्क्रिनमा चारसय सिट हुनेछन्,” दीपक भन्छन्, “करिब ९ करोड लगानी हुने हाम्रो अनुमान छ ।” दीपकसँगै दीपाश्री निरौला तथा ‘छक्का पञ्जा’ ग्रुपको लगानी रहने छ ।
“सिनेमा हल खोल्ने हाम्रो पुरानै योजना हो । पुरानो योजना अनुसार नै हल निर्माण गरिएको हो,” दीपक भन्छन्, “हामी यही क्षेत्रको मान्छे भएकाले चलचित्रबाट कमाएको पैसा पनि यही नै लगानी गरौं भन्ने थियो । हामी आफैंले हल बनाउँदा चलचित्रकर्मीलाई पनि थप सहज होला भन्ने अपेक्षा हो ।”
निर्देशकसमेत रहेकी कलाकार दीपाश्री सिनेमा हलहरु धमाधम बन्द भइरहेका बेला नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्छिन् । “चलचित्र क्षेत्रमा काम गरेकाले यही क्षेत्रलाई टेवा पुग्ने अर्को काम पनि गरौं भन्ने उद्देश्य पनि थियो,” दीपाश्री भन्छिन्, “त्यसैले हल खोल्ने योजना अनुसार अहिले धमाधम काम भइरहेको छ । अवस्था सहज भयो भने चैतबाट हल सञ्चालनमा ल्याउन सकिने छ ।”
महलको माथिल्लो दुई तलामा सिनेमा हल निर्माणको काम भइरहेको उनले जानकारी दिइन् । वितरक तथा प्रदर्शकले नेपालीलाई भन्दा बलिउड तथा हलिउड चलचित्रलाई महत्तो दिने गरेको दीपक–दीपा टिप्पणी गर्दै आएका छन् ।
कोरोना सं’क्रमणको त्रासका कारण हालसम्म २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । २८ सिनेमा हल बन्द हुँदा प्रति शो ७ हजार सिट घट्छन् ।
यो पनि बलिउड अभिनेत्री करीना कपुर खानले सैफअलीका पुर्व पत्नि अमृता सिंहसंग जीवनमा कहिल्यै पनि भेट नभएको बताएकी छन् । उनले सो कुरा बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा बताएकी हुन् ।
जुन कुराको खुलासा करिनाले गरिन्, त्यो कुरा सुनेर कार्यक्रमका होस्ट करण त आश्चर्यमा परे परे साथसाथै करिनाको उक्त कुरा सुनेका सबै र त्यो कार्यक्रम हेरिरहेका सबै सोशल मिडियाका यूजरहरु पनि आश्चर्यमा नै परे । करिनाले उक्त कार्यक्रममा अमृतासँग आफ्नो भेट नै नभएको र सैफसँग भेट्दा अमृतासँग सम्बन्धविच्छेद भइसकेको बताएकी थिइन् ।
करिनाको यो कुरा सुनेर अमृता र सैफका छोराछोरी सारा र इब्राहीम पनि रिसाएको खबर बाहीरिएको छ । खबरका अनुसार करिनाले आफ्नो आमासंग कहिल्यै भेट नभएको भनेर भन्नु भनेको आफ्नी आमाको बेइजत गरेको छोरी सारा र छोरा ईब्राहीमले बताएका छन् । उनीहरुले करिना कुनै आउट साईडर नभएको हुनाले आमा बुवाको विबाहदेखि उनीहरुको प्रेमको चर्चा र फिल्मी क्षेत्र एउटै भएको बताउँदै सानैदेखि करिनाले आमा अमृतालाई देख्दै आएको पनि बताएको कुरालाई भारतीय सञ्चारमाध्यमहरुमा उदृढ गरिएको छ ।
अभिनेत्री करीना अहिले दोस्रोपटक गर्भवती भएकी छन् । गर्भवती भएपछि उनी चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धवि’च्छेद भएको थियो ।