
काठमाडौ । सप्तरीको सुरुङ्गा नगरपालिका–७, पोखरियाका प्रमोद पासवानकी छोरी ज्योतिको विवाहका लागि एउटा केटा तय भइसकेको थियो । केटा हेर्न आए ज्योतिलाई मन पराए । बुवाआमाले विवाहको तयारी गर्नै लाग्दा गाउँकै अर्का एक युवकले ज्योतिसंग आफुले विवाह गरिसकेको भनेर घरमै आए ।
८ फागुन २०७६ मा हेर्न आएका विराटनगरका केटा पक्ष विवाहको मिति टुंगो लगाउने सहमतिमा फर्किएपछि गाउँकै कृष्ण मिश्रले ज्योतिलाई आफुले श्रीमती बनाइसकेको भन्दै घरमा आए । बुवाआमाले सोध्दा ज्योतिले पनि हो भनिन् । अनि ज्योतिलाई कृष्णको साथ लगाएर राजिखुसीमै पठाइदिए ।
तराई मधेसमा मिश्रलाई कतिथ उच्च जात ब्राम्हण मानिन्छ भने पासवानलाई कतिथ तल्लो दलित भनिन्छ । यहि जात ब्यवस्थाका कारण कृष्णले ज्योतिलाई आफ्नो परिवारले स्वीकार गर्दैनन् भनेर अन्तै लिएर गए । उनी वुटवल स्थित आयल निगममा जागिरे थिए । उनलाई त्यतै लिएर गए । कृष्णले आफुहरु कहाँ बस्छौं भन्ने खुलाएका थिएनन् तर उनले सिन्दुर–मंगलसूत्र पहिरिएकी ज्योतिसँग खिचेका फोटोहरु बेला बेलामा फेसवुकमा सार्वजनिक गरिरहन्थे ।
छोरीलाई खुसी देखेर ज्योतिका बुवाआमा पनि खुसी थिए । तर अचानक ज्योतिको जीवनमा भुइचालो आयो । होटलको लजमा ज्योतिलाई राखेका कृष्णले एक दिन ज्योतिलाई भने, होटलमा बस्दा महंगो भयो म कोठा खोज्न जान्छु । म नआन्जेल तिमी यहिँ बस । उनले ज्योतिको मोवाइल पनि लिएर गए ।
त्यसो भनेर गएका कृष्ण एक साता वितिसक्दा पनि फर्किएनन् । ज्योतिलाई लजवालाले पैसा तिर्न तारन्तार भनिरह्यो । एक सातामा पनि नफर्केपछि ज्योतिले आफ्नी आमा इनरदेवीलाई फोन गरेर आफू संकटमा परेको बताइन् । आफूलाई लहानको पुष्पाञ्जली लजमा राखेको र लजवालाले पैसा मागेर हैरान पारिरहेको कुरा पनि उनले आमालाई सुनाइन् ।
बुवाले ज्योतिलाई होटलवाट लिएर आए । प्रहरीमा उजुरी दिन भन्दा ज्योतिले कृष्ण फर्केर आउँछन् भनेर दिन मानिनन् । उनी केही दिन माइतमा कृष्णको प्रतिक्षामा बसिरहीन् । उनी दिनरात कृष्णलाई सम्झेर रोइरहन्थिन् ।
घर नजिकै चियानास्ता पसल खोलेका ज्योतिका आमाबुवा साउन २३ गते सामान लिन बजार गएका थिए । पसलमा उनीहरुका जेठी छोरी आरती थिइन् । खाना पकाउन ज्योतिलाई भनिएको थियो । आरती खाना खान पसल बन्द गरेर घर जाँदा ज्योतिले स ‘लको पा’सोमा झु’ण्डि’ए’र प्राणपखेरु त्यागिसकेकी थिइन् ।
‘कृष्णले छाडेर गएको चिन्तामा हाम्री छोरी ज्योतिले प्रा’ण त्यागिन्,’ प्रमोद पासवान भन्छन्, ‘हामीलाई न्याय चाहिएको छ ।’ उनले कृष्ण मिश्र विरुद्ध मंगलबार प्रहरीमा जाहेरी दिइने बताए । ‘छोरीको मृत्युपछि के गर्ने, कसो गर्ने सोच्नै सकिनँ । न्यायका लागि आज प्रहरी कार्यालयमा उजुरी दिन्छौं, उनले भने । छोरीको निधन पछि उनका बुवाले कृष्ण विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अहिले उनी छोरीका लागि न्यायको पर्खाइमा छन् ।