मंगलबार ०७ चैत्र २०७९

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ ।

रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल ताराको उक्त्त गीतले राम्रो चर्चा बटुल्न सफल भएको छ । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ ।

विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ ।

दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियो भकारी एमडिसीले निर्माण गरेको हो । गीतको भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया