भिडियो

सिंगापुरे लाहुरेसंग विवाह गरेको दुई महिनामै निधन भएकी सोनीको पोष्टमार्टम रिपोर्ट आयो, खुल्यो यस्तो रहस्य (भिडियो हेर्नुस्)

काठमाडौ । धरानमा विवाह गरेको दुई महिनामै युवतीको निधन भएको घटनामा थप नयाँ कुरा बाहिर आएको छ । अहिले ति युवतीको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि युवतीका माइती पक्ष थप आ क्रो शित भएका छन् । उनीहरुले पोष्टमार्टम रिपोर्टमा पनि चलखेल भएको आरोप लगाएका छन् ।

दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी सुनी लिम्बु निधन भएको अवस्थामा फेला परेकी हुन् । छोरीले देह त्याग गरिन् भनेर माइतीलाई खबर गरेपछि घरमा पुगेका माइतीका सदस्यले घटना संकास्पद रहेको बताएका छन् ।

ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । श्रीमतीको निधन हुँदा पनि उनका श्रीमान अहिले सम्म पनि नेपाल फर्किएका छैनन् । युवतीका माइती पक्षले श्रीमानकै कारण उनले देहत्याग गरेको आरोप लगाएका छन् । धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको घटनामा माइती पक्षले दिएको किटानी जाहेरी पछि श्रीमानको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई प्रहरीले पक्राउ गरेको थियो ।

पोष्टमार्टम रिपोर्ट आउन किनै ढिलो गरिएको र त्यसमा आएको कुरा चित्त बुझ्दो नभएको सोनीको माइतीको दावी छ । उनीहरुले चलखेलका कारण पोष्टमार्टम रिपोर्ट आउन ढिला भएको बताएका छन् । घटनास्थल हेर्दा उनले देह त्याग गरेको जस्तो नदेखिएको सोनीको वुवाले भनेका छन् ।

Related Articles

Back to top button
Close