मंगलबार ०७ चैत्र २०७९

बलिउड फिल्ममा पनि महिला र पुरुष कलाकारलाई दिइने पारिश्रमिकमा विभेद छ । यस्तै विभेदका कारण फिल्ममा काम गर्ने अन्तिम निर्णय पछि नायीका दीपिका पादुकोण बाहिरिएकी छन् । उनले आफ्ना पति रणविर सिंह वरावर पारिश्रमिक मागेका कारण फिल्मवाट निकालिएको छ । फिल्म निर्देशक संजय लिला भंसालीले मेगा प्रोजेक्टमा ‘बैजु बावरा’ मा पति पत्नी रणवीर र दीपिकालाई दिएका थिए ।

तर अन्तिम अवस्थामा अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् । केही भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार अभिनेता तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त प्रोजेक्टबाट बाहिरिएकी हुन् ।

रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको थियो । उक्त निर्णयपछि उनीहरुका दर्शकले निकै खुशी व्यक्त गरेका थिए । तर, दीपिका फिल्मबाट बाहिरिएको खबरपछि धेरै जना आश्चर्यमा परेका छन् ।

फिल्मसँग निकट एक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले बताए अनुसार दीपिकाले रणवीरको जति नै पारिश्रमिक मागेकी थिइन् । उनले गरेको उक्त माग पूरा नभएपछि उनी बाहिरिएकी हुन् । सुत्रका अनुसार निर्देशक संजयलीला भन्सालीको सो नयाँ फिल्ममा अभिनेता रणवीर सिंहसंग अब आलिया भट्टले अभिनय गर्ने भएकी छन् । भारतिय मिडियाका अनुसार भन्सालीको नयाँ फिल्म ‘बैजु बावरा’मा रणवीर र आलिया फाइनल भएका हुन् ।

३७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया