समाचार

हङकङ पुगेका ६ यात्रुमा संक्रमण देखिएपछि नेपाल एयरलाइन्सको उडान रद्द

२० असोज, काठमाडौं । नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ जना यात्रुमा कोरोना भाइरस पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ ।नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भएको हो । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा समेत हङकङमा कोरोना देखिएको हो ।

नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान थियो ।तर, हङकङ पुगेका यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्स कारवाहीमा परेको हो ।यात्रुको लापरवाहीको शिकार नेपाल एयरलाइन्स परेको हो । ४ अक्टोबरबाट लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुने भएको छ ।

अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ पुगेका यात्रुमा सोमबार कोरोना पुष्टी भएको हो ।सोमबार हङकङमा कुल ११ जनामा कोरोना देखियो, त्यसमध्ये ६ जना नेपाल एयरलाइन्सका यात्रु रहेको बताइएको छ ।एक जना भने भारतबाट गएका यात्रु थिए । सरकारले नियमित उडान खुला गरेसँगै हङकङमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो ।

Related Articles

Back to top button
Close