
काठमाडौं, नेपाली बजारमा २४ लाख मूल्य पर्ने केटीएम ड्युक ७९० आउने भएको छ । नेपालको लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले आज अर्थात सोमबारदेखि बुकिङ खुल्ला गरेको हो ।
बीएस ४ इन्जिनयुक्त यो बाइकमा ७९९ सीसीको प्यारालल ट्विन इन्जिन दिइएको छ । जसले १०३ बीएचपी पावर र ८६ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकमा ६–स्पिड गियरबक्स दिइएको छ । केटीएमको यो बाइकमा एलईडी हेडल्याम्प र टेललाइट तथा ड्युक ३९० मा जस्तै टीएफटी स्क्रिनयुक्त रहेको छ ।
बाइकमा स्लिपर क्लच असिस्ट, लिन सेन्सिटिभ ट्रयाक्सन कन्ट्रोल,चार राइडिङ मोडसँगै लाइभ बाई वायर, एबीएस र सुपरमोटो मोडजस्ता फिचरहरु रहेको छ । सुपरमोटो राइडिङ मोडका कारण कर्नरिङमा पनि राइडिङ सहज हुन्छ ।
केटीएम ७९० ड्युक बाइकको फ्रन्टमा ४३ एमएम अपसाइड डाउन टेलेस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । १८६ ग्राउन्ड क्लियरेन्स भएको यो बाइकमा १४ लिटर इन्धन भण्डारण क्षमता रहेको छ । आजको अर्थ
सुनको मूल्य चार महिनायताकै सस्तो
काठमाडौं । नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।
जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।
आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ ।