रोचक

युवतीलाई टेबुलमा बसालेर दाँतले उठाए यी युवकले, बनाए विश्व किर्तिमान

काठमाडौं । के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल ! धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ?

आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई टेबुलमा बस्न लगाएर उक्त टेबुललाई आफ्नो दाँतले टोकेर उठाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

उनले सन् २००८ मा राखेको उक्त कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।जर्जेन क्रिस्टन नामका ती युवकले १२ किलो तौलको टेबुलमा एकजना ५० किलो तौलकी युवतीलाई बसालेर कूल ६२ किलो तौल आफ्नो दाँतले उठाइदिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

लक्जेम्बर्गका नागरिक रहेका जर्जेनले युवती बसेको टेबुललाई दाँतमा उठाएनन् मात्र दाँतमा अठ्याएर ११.८ मिटरसम्म हिँडेका थिए । ‘लो शो दि रेकर्ड’ भन्ने कार्यक्रममा उनले राखेको कीर्तिमानलाई गिनिज बुकले समेत समावेश गरेको थियो ।

Related Articles

Back to top button
Close