
काठमाडौं, २५ श्रावण – प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जना’लाई पक्रा’उ गरे’को छ ।जगरनाथपुर गाउँपालिका–२ जानकीटोलका १९ वर्षीय सोनुकुमार सोनारलाई गरगहनासहित प्रहरीले आइतबार प’क्राउ गरेको हो ।
आशबारीतर्फबाट कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा सुन मिश्रित ३४ थान र चाँदीको पाउजु, बिछिया लगायत २६३ थान गहना फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
तौल गर्दा सुनका गहनाहरु १४ दशमलव ४ सय ग्राम रहेकोमा ७० प्रतिशत र चाँदीका गरगहना १ हजार ९७० ग्राम भएकोमा ४८ प्रतिशत मात्रै शुद्धता देखिएको सुनचाँदी व्यवसायी संघ पर्साले जनाएको छ ।
गरगहनामा १० दशमलब ०८ ग्राम शुद्ध सुन भेटिएकाले बजार भाउअनुसार त्यसको मूल्य ७८ हजार २१० रुपैयाँ र ९४६ ग्राम शुद्ध चाँदी भेटिएकोमा १ लाख १ हजार ६९५ रुपैयाँ देखिएको छ ।
शं’का’स्पद रुपमा हिँडिरहेका उनले बोकेको ब्यागभित्र चाँदीका गहना फेला परेको पर्साका खनालले बताए ।सोनारलाई आश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले जानकारी दिए ।