मंगलबार ०७ चैत्र २०७९

काठमाडौं । भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा गरिएको छ। भ्वाइस अफ नेपाल किड्सको कोच भ्वाइस अफ नेपाल सिजन–३को ग्रान्ड फिनालेको स्टेजमार्फत घोषणा गरिएको हो। भ्वाइस अफ नेपाल किड्सको कोचमा प्रमोद खरेल र प्रविशा अधिकारी रहने घोषणा गरिएको छ । प्रमोद र प्रविशा बाहेक अरु एक वा दुईजना कोच रहने जनाएको आयोजकले नाम भने घोषणा गरेको छैन ।

केही समयपछि भ्वाइस अफ नेपाल किड्सको डिजिटल अडिसन केही समय पछि आह्वान गरिने आयोजकले जनाएको छ । केही वर्ष यता नेपालमा बाक्लै रुपमा सांगीतिक रियालिटी शो हुँदै आएका छन् । ‘दि भ्वाइस अफ नेपाल किड्स’ शो को डिजिटल अडि सन समेत शुरु गरिएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३ का होस्ट सुशील नेपालले जानकारी दिएका छन् ।

छ वर्ष उमेर पुगेका बाल बालिका देखि १४ वर्ष सम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउने बताउँदै उनले ‘भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसन शुरु भएको घोषणा गरेका हुन । यस शो को अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भरी अडिसन रजिस्ट्रार गर्नुपर्नेछ ।

२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया