मंगलबार ०७ चैत्र २०७९

विश्व चर्चित अमेरिकी मोडेल तथा व्यापारी काइली जेनर सामाजिक संजालमा निकै सक्रिय छिन्।उनी बेलाबेला आफ्ना पोस्टका कारण चर्चाको शिखरमा पुग्छिन् भने कहिले विवादित पनि बन्दै आएकी छिन्।उनको शारीरिक सौन्दर्यको राज प्लास्टिक सर्जरी हो भनेर ट्रोल हुने गरेको छ। तर उनले सेल्फ मेड बिलिनियर अर्थात् आफ्नै मिहिनेतले अर्बपति बनेको भनेर उपमा पाएकी छिन्।

सन् २०१९ मा उनी फोर्ब्सको अर्बपतिको सूचीमा पर्न सफल भएकी थिइन्। अहिले भने उनको सम्पत्ति ७०० मिलियन अमेरिकी डलर भएको बताइएको छ।उनी विशेषगरी सामाजिक संजालमा आफ्नो साथै आफ्नो कम्पनीको कस्मेटिक उत्पादनको तस्बिर पोस्ट गर्छिन्। यतिबेला फेरि एउटा पोस्टका कारण उनको चर्चा भइराखेको छ।

वास्तवमा सुनको बिकिनी लगाएको कारण उनी चर्चामा आएकी हुन्। पेगासिक्स डटकमका अनुसार हाल सार्वजनिक भएको तस्बिरमा उनी सुनको बिकिनीमा देखिएकी छिन्।

उनले लगाएको बिकिनीमा २४ क्यारेट सुन भएको बताइएको छ। काइलीले लगाएको सुनको बिकीनको मूल्य १६ सय ५७ अमेरिकी डलर हो भने थोङ ‘अन्डरवेयर’ मूल्य १६ सय ५७ अमेरिकी डलर नै हो।

यस्तै मिनीस्कर्टको मूल्य भने १७ सय ५७ अमेरिकी डलर भएको बताइएको छ।यी डिजाइनका कपडाहरु चाँडै काइली कस्मेटिक्सबाट अनलाइन मगाउन सकिने बताइएको छ।

१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया