मंगलबार ०७ चैत्र २०७९

छोरीहरुले अकल्पनिय काम गरेको देखेर बुवा भावुक छन् । सानै उमेरमा आमा गुमाए । १३ दिनको सबै काम दुई साना छोरीहरुले गरे । मेरा छोरीहरु संसारकै उत्कृष्ट छोरी हुन्, मैले यस्तो दुख कहिल्यै गरेको छैन तर छोरीहरु सानै उमेरमा परिपक्क बने । उनीहरुले आमाको निधन पछि गरेको सद्भाव र काज किरियाको कर्म देखेर म निकै भावुक छु ।

यि साना छोरीका बुवा आमाले अन्तरजातिय विवाह गरेका थिए । आमा मगर हुन् भने बुवा सुनार हुन् । अन्तरजातिय विवाह गरेकै कारण उनी अपहेलनामा परेका छन् । श्रीमतीको निधन हुँदा पनि उनका माइती एक पटक फर्केर पनि हेर्न आएनन् । साना छोरीहरु किरिया बस्दा मावलीको मन पग्लीएन । ससुरालीले स्वीकार नगरेका कारण पनि समाजले पनि धेरै कुरा गर्छ, हेर्न पनि आउनुभएन ।

दिलसरा रानामगरले लिलबहादुर सुनारसंग विवाह गरेकी थिइन् । १७ वर्ष अघि उनीहरुले विवाह गरेका थिए । लिलबहादुर भन्छन्, म आफै गरिब दुखी भएपनि श्रीमतीलाई कहिल्यै कमी हुन दिइन । उनले भने आफ्नै जातको संग भएपनि छोरीलाई लैजाने त ज्वाईले नै हो । लिलबहादुरले दुई परिवार मिलाउन निकै कोशिष गरेको बताउँछन् ।

नवलपरासीमा नवलपुर १३ का दुई छोरीले आमाको निधन पछि किरिया गरेको घटना समाचार बने । तर उनीहरुको भित्रि कथा भने बाहिर आएन । समाज परिवर्तन भयो भन्ने कुरा भनाईमा मात्र सिमित रहेछ भन्ने यो घटनाले देखाएको छ । साना छोरीहरुले छोराको चाहना राख्ने अभिभावकलाई राम्रो उदाहरण देखाए । सन्तान जे भएपनि एउटै हो भन्ने उदाहरण उनीहरुले देखाएका थिए ।

३३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया