मंगलबार ०७ चैत्र २०७९

काठमाडौँ – २०७० साला भएको दोश्रो संविधान सभा निर्वाचन पश्चात सुशील कोइरालाको नेतृत्वमा नयाँ सरकार बन्यो । कोइरालालाई माओवादी र मधेसवादी दलसँग ‘नेगोसिएसन’ गर्न, संविधानका विषयमा एमालेसँग एकरूपता कायम गर्न र सफलतापूर्वक संविधान जारी गर्न चुनौति थियो ।

सुशीलले आफूसँग निकट नरहेका तर आफ्नो प्रखरताका लागि चिनिएका केही नेतालाई आफ्नो मन्त्रिमण्डलमा समेटेर आफ्नो मिसनमा लागे । नरहरि आचार्य, महेश आचार्य, प्रकाशमान सिंह, रामशरण महत, मिनेन्द्र रिजाल लगायत कांग्रेसका संस्थापन पक्षका नेताहरु मन्त्री बने।

तीमध्ये नरहरि र महेशलाई संविधान निर्माणको काममा वार्ता गर्न सुशीलले निरन्तर खटाए। केही समयपछि सत्तारूढ दलहरू र आन्दोलनरत माओवादी केन्द्रका साथै विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बीच १६ बुँदे सहमति भयो । त्यसको केही महिनामै संविधान जारी भयो।

त्यसपछि दोश्रो संविधानसभा प्रतिनिधिसभामा रुपान्तरण भयो । संसदले नयाँ प्रधानमन्त्री दिन पर्ने भयो । शुशील कोइराला कामचलाउ प्रधानमन्त्री भइसकेका थिए । एमालेसँग भएको भ्रद सहमति अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने कुरा थियो । तर कोइरालालाई भारतले उचाल्यो र सहमति तोडियो ।

‘संविधान लेखिसकेपछि मुख्य पार्टीहरू केही समय, एक–दुई चुनाव मिलेर जानुपर्थ्यो,’ सेतोपाटीका संपादक अमित ढकालसँग नरहरी आचार्यले भनेका छन्’, ‘संविधान कार्यान्वयन गर्न, गणतन्त्रको जग बलियो बनाउन त्यो जरूरी थियो। तर कोइराला सहमतिबाट पछि हटे ।’

भारतले तत्कालिन अवस्थामा संविधान जारी नगर्न प्रधानमन्त्री कोइरालाई दवाव दिएको थियो । उनले भारतको धाक, भम्की र प्रलोभनबाट नडराई संविधान जारी गरिछाडे । संविधान मात्र बनाएनन्, ‘संविधानका पिता’को उपमा समेत पाए । त्यही संविधान बनाउन मुख्य भुमिका खेलेका कारण उनको जीवन लिला समाप्त भएको आशयसहित एमाले नेता विष्णु रिजालले ट्वीट गरेका छन् ।

प्रधानमन्त्रीमा फेरी उम्मेदवारी दिन लगाएर भारतले संविधान बनाएर आर्जन गरेको कोइरालाको आफ्नो राजनीतिक छवि त धमिलो बनाए नै, कांग्रेस–एमालेबीच टकरावको राजनीति पनि सुरू गराएको आर्चार्यको भनाई छ । ‘त्यस बेला भड्किएका ओली अहिलेसम्म भड्किएका छन्,’ नरहरिले भने, ‘भड्किँदाखेरि उनले हामीलाई हानि पुर्‍याए। मुलुकलाई पनि पुर्‍याए। अहिले आफूलाई पनि पुर्‍याए।’

नेपाली काँग्रेसको १३ औँ महाधिवेश आउँदै थियो । कोइराला फेरी पार्टी सभापति लड्ने तयारी गर्दै थिए । जित्ने सम्भावना बलियो थियो । त्यही देखेर उनको हत्या गरियो भन्ने धेरैले शंका गरेका थिए । त्यो शंका अहिले पनि विद्यमाननै छ ।मोटिभेट न्यूज बाट साभार गरिएको सामाग्री

२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया