
काठमाडौं – आफै आगा लगाएर चर्चामा आएको नेविको विष्कुटले बीमा बापतको रकम भुक्तानी मागेको छ । उद्योगले २६ करोड रुपैयाँ बराबरको बीमा गरेको थियो । त्यही रकम कुम्ल्याउन शनिबार विहान आफै आगो लगाएको थियो ।
कारखानामा भएको आगलागीको क्षति सानिमा जनरल इन्स्योरेन्स कम्पनीले बेहोर्नु पर्ने भएको छ । कम्पनीले नेविको विष्कुट कारखानाको बीमा गरेको थियो ।
सानिमा जनरलले २६ करोड रुपैयाँ बीमाङ्क बराबरको बीमा गरेको कम्पनीका नायव महाप्रवन्धक प्रविण कुमार कोइरालाले जानकारी दिए । कम्पनीले क्षति विवरण मूल्याङ्कनका लागि आफ्नो सर्भेयर टिम खटाइसकेको छ ।
सर्भेयरले क्षति मूल्याङ्कन गरे पछि मात्रै यथार्थ विवरण थाहा हुने कोइरालाले जानकारी दिए । शनिवार बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविकोको बिस्कुट कारखानामा आगलागी भएको थियो । आगलागीका कारण करोडौं रुपैयाँको क्षमित भएको छ ।
शनिवार विहान २ बजेदेखी सुरु भएको आगालागी नियन्त्रणमा आउन समेत लामो समय लागेको थियो । आगलागी नियन्त्रणका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो ।
सानिमा जनरलले एक्लै बीमा गरेको हुँनाले यसको सम्पूर्ण दायित्व सानिमाकै हात परेको छ । कम्पनीले पनि विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गरेकाले त्यसको दायित्व आफैले बहन नपर्ने भएको छ । केहि जोखिम आफैले बहन गरेर बाँकी रहेको रकम विदेशी बीमा कम्पनीबाट लिने छ ।मोटिभेट न्यूज बाट साभार गरिएको सामाग्री