भिडियो

प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसदले गरे तोडफोड (हेर्नुहोस भिडियो)

१९ असोज, काठमाडौं । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ ।विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।

प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसदले गरे तोडफोड

प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसदले गरे तोडफोड

Gepostet von OnlineKhabar am Montag, 5. Oktober 2020

 

Related Articles

Back to top button
Close