भिडियो

टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको आज जन्मदिन

काठमाडौँ । टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा विबाहनैदेखि यि सुन्दरी दिदी बहिनीलाई शुभकामनाको ओइरो लागेको छ ।

जन्मदिनकोअवसरमा प्रिज्मा र प्रिन्सीले २ दिन अघि मात्रै रिलिज भएको आफ्नो माया गर्छु है बोलको गीतमा समेटिएको एउटा दृश्य बन्दुक ताक्ने र बन्दुकको गोलि खाने हामी दुबैजनालाई जन्मदिनको शुभकामना भनेर आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आफ्नो गीतको पनि प्रचार गर्न भ्याएका छन् ।सार्वजनिक गीतमा प्रिज्मा प्रिन्सीका अलावा पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता नाजिर हुसेनको पनि अभिनय रहेको छ ।

शनिबार सार्वजनिक गरिएको भिडियो यो समचार तयार पार्दासम्म २ लाख १५ हजार बढीले हेरिसकेका छन् । गायिका बिन्दु परियारको स्वर रहेको ‘माया गर्छु है’ मा एकनारायण भन्डारीको शब्द र सुदिप सागरको संगीत रहेको छ । भिडियोको निर्देशन सान थापाले गरेका हुन् ।

Related Articles

Back to top button
Close