
एजेन्सी – लियोनल मेसीले पत्रकार सम्मेलनमा आफू एक दिन बार्सिलोनामा नै फर्किने बताएका छन्। बार्सिलोनामा भएको पत्रकार सम्मेदनमा भावुक बनेका मेसीले आफूले बार्सिलोनामा फर्किन्छु भनेर बच्चाहरुको कसम खाएको बताए।
‘मैले शुरुदेखि अन्त्यसम्म सबै कुरा दिएको छु,’ मेसीले थपे, ‘आशा छ म एकदिन फर्केर आउनेछ। मैले मेरो बच्चाहरुको कसम खाएको छु। म यो क्लबलाई उत्कृष्ट बनाउन सहयोग गर्नेछु।’
पत्रकार सम्मेलनमै धुरुधुरु रोए लियोनल मेसी, सहकर्मीहरुको आँखामा थामिएन आँशु
२१ वर्षपछि बार्सिलोना छोडेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी हाल पत्रकार सम्मेलनमा छन्। क्लब छाडेको विषयमा आफ्नो धारणा राख्न पत्रकार सम्मेलनमा गएका मेसी भावुक भएका छन्।
उनी सबैको अगाडि धुरुधुरु रुन लागेका छन्। उनको आँखामा आँशु देखेपछि बार्सिलोनाका सहकर्मीहरुको आँखामा पनि आँशु भरिएको छ। पत्रकार सम्मेलनको पूरै माहोल नै भावुक बनेको छ।
करियरको शुरुवात नै बार्सिलोनामा गरीका मेसी ला लिगाको नियमका कारण बार्सिलोना छोड्न बाध्य भएका हुन्। यसैबीच अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको सम्भावित गन्तव्यका रुपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) लाई हेरिएको छ।
उनी पिएसजी जाने सम्भावना धेरै रहेको मिडिया रिपोर्टहरुमा दाबी गरिएको छ। यसैबीच पिएसजीका मुख्य प्रशिक्षक माउसियो पोचेटिनोले मेसी क्लबमा आउनेबारे आफ्नो प्रतिक्रिया दिएका छन्। पोचेटिनाले मेसीको नाम अन्य धेरै क्लबहरुसँग जोडिएको भन्दै खेलाडी क्लबको निसानामा रहेको बताएका छन्।
‘मेसीको नाम अन्य धेरै क्लबहरुसँग जोडिएको छ, त्यहाँ धेरै हल्लाहरु भइरहेको छ,’ उनले भने, ‘आउने दिनहरुमा के हुन्छ हेरौं। खेलाडी क्लबको निसानामा छन्।’
पिएसजीले घरेलु लिग वानमा विजयी शुरुवात गरेको छ। पहिलो खेलमा ट्रोयसलाई २–१ गोलले पराजित गरेको छ। पिएसजीको जितमा अच्राफ हाकिमी र माउरो इकार्डीले गोल गरे भने ट्रोयसका लागि ओउवालिड इल हजामले एक गोल गरेका थिए।