
अछाम: अछामको एक विद्यालयमा सञ्चालन भइरहेको कक्षा ११ को परीक्षाको प्रश्नपत्र बाहिरीएको प्रमाण सार्वजनिक भएको छ।उच्च माध्यमिक शिक्षा परिषद् अन्तरगत कक्षा ११ को प्रश्नपत्र विद्यार्थीको हातमा पुगेको छ।
आइतबार सञ्चालन भएको लेखा विधिका सिद्धान्तको प्रश्नपत्र विद्यार्थीले शुक्रबार नै पाएका थिए। सरस्वती माध्यमिक विद्यालय जयगढमा अध्ययनरत विद्यार्थीले शुक्रबार नै फेसबुक म्यासेन्जरमार्फत प्रश्नपत्र पाएका हुन्। यसैबीच त्रिभुवन विश्वविद्यालयको हाल सञ्चालन भइरहेको कुनै पनि परीक्षा नरोकिने भएको छ ।
फिल्मी शै’लीमा यसरी पत्ता लाग्यो नि’र्म’ला प’न्त’को ह’त्या’रा !
‘सुरक्षा जि म… ‘तपाई एक रात वि’ताको कति लिनु हुन्छ’ ?
पारसले पहिलोपटक ह’त्याकाण्डको रहस्य खुलाए (भिडियो)
आइतबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षा नरोक्ने निर्णय गरेको हो ।विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । अब हुने परीक्षाहरु भने स्थिति अनुसार विकल्पमा जान सक्ने गरी निर्णय गरेको बताइएको छ ।
त्यस्तै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्काे कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ । सो महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दाे विकल्प, नयाँ तालिका र विधि नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।
बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र÷कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ डेस्क राख्ने, पिसीआर परीक्षण, मास्क र स्या’निटाइजरको व्यवस्था र परीक्षा हलमा २५ जना नबढाइ सो परीक्षा सञ्चालन गर्ने निर्देशिकासहित कार्यतालिका सार्वजनिक भएकामा एकाएक स्थगन गरिएको महासङ्घको भनाइ छ ।
बोर्डले को’रोनाको जो’खिम बढेको तथा नेपाल सरकारको आग्रहका आधारमा परीक्षा स्थगन गरेको थियो । महासङ्घले परीक्षा स्थगन हुँदा विद्यार्थीको सिकाइमा दी’र्घकालीन मनोवैज्ञानिक असर पर्न गएको, परीक्षाको गुणस्तर घटेको र विद्यार्थीमा निराशा पैदा हुने भएकाले अन्योल हटाउने गरी चाँडै नयाँ तालिका र विधि ल्याउन माग गरेको छ ।