अन्तरास्ट्रिय

चीनसँग विवाद बढिरहेकै बेला भारतले यो के गर्यो ? विश्वभर मच्चियो हलचल !

चीनसँग सीमा विवाद जारी रहँदा भारतले शनिबार ब्यालेस्टिक मिसाइल ुसौर्युको नयाँ संस्करण सफल परीक्षण गरेको छ ।भारतीय रक्षा मन्त्रालयका अनुसार यो नयाँ मिसाइल करिब एक हजार किलोमीटर टाढासम्म निशाना लगाउन सक्छ । बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार सौर्य जमिनदेखि जमिनसम्म हमला गर्न सकिने मिसाइल हो ।

यस्तै सुरक्षा अधिकारीहरुले सौर्य मिसाइललाई विश्वकै सबैभन्दा शक्तिशाली १० वटा मिसाइलहरुमध्ये एक मानेका छन् । साथै सौर्य मिसाइललाई अति तीव्र गतिमा चल्नसक्ने मिसाइल पनि मानिन्छ । जुन स्याटलाइट इमेजिङको माध्यमबाट पनि यसलाई भेट्न नसकिने बताइन्छ ।भारतले यो मिसाइल चीनसँग लद्दाखमा सीमा विवाद भइरहेका बेला परीक्षण गरेको हो । यसर्थ पनि भारतको यस्तो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जब कि चीनसँग सीमा विवाद समाधानका लागि पटक पटक वार्ता प्रयास भए पनि सफल हुन सकिरहेको छैन ।

यता नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अर्जेन्टिनाका तीन ओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ । अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो । यसअघि अर्मेनियाले अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको जनाएको थियो ।

उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो । त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो ।अर्मेनियाको रक्षा मन्त्रालयले शनिबार बिहान यहाँको स्थानीय समयानुसार अजरबैजानको जेट विमानलाई खसालिएको जनाएको हो ।

उक्त विज्ञप्तिमा यहाँको रक्षा मन्त्रालयले भनेको छ– शनिबार बिहान करिब ८ः२५ तिर एक र ८ः४६ तिर अरु दुइ ओटा गरी हामीले शत्रुका तीन ओटा जेट विमान खसालिदिएका छौँ । रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले फेसबुक पेजमा सो कुरा लेखेका छन् । उनले उक्त क्षेत्रको दक्षिणी भूभागमा आएका ती विमानहरु खसालिएको जनाएका छन् । सो क्षेत्रमा शनिबार बिहान पनि द्धिपक्षीय भिडन्त जारी नै छ ।

यस्तै अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।उनका चिकित्सक डा।केभिन कोनरले सो कुराको जानकारी दिएका छन्। उनले शुक्रबार जो बाइडेन र उनकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् ।

डा।केभिनले एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन्–बाइडेन र उनका श्रीमतीको पिसिआर परीक्षणमा उनीहरु दुवै जनामा कोरोना भाइरसको संक्रमण देखिएन ।डा।केभिनको सो विज्ञप्तिपछि बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ– मेरी श्रीमती जिल र मेरो कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई खुशी लागेको छ ।

यसअघि गत बिहीबार मात्र गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कोरोना भाइरस पोजेटिभ आएको थियो । त्यसपछि उनलाई अस्पताल नै भर्ना गरिएको छ । उनलाई अरु केही दिन अस्पताल बस्नुपर्ने उनका निजी चिकित्सकहरुले सुझाव दिएका छन् ।

Related Articles

Back to top button
Close