
काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल पहिलो पटक चलचत्रिमा प्रेमी–प्रेमिकाको रुपमा देखिने भएका छन् । उनीहरु दुवैले उक्त चलचित्रका लागि साइन समेत गरिसकेका छन् । लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालले निर्देशन गर्न लागेकाे उक्त चलचलित्रकाे छायांकन भदौकाे १५ गतेबाट सुरू हुने बताइएकाे छ ।
चलचित्रका लागि जीतु र साम्राज्ञी दुवैले लिखित सम्झाैता गरिसकेकाे निर्माण पक्षले जनाएकाे छ । जितुसँग स्क्रिन सेयर गर्न पाउँदा साम्राज्ञी पनि खुशी छिन् । चलचित्रको कथा निक्कै नै फरक रहेकाे पनि बुझिएकाे छ । यो चलचित्रका लागि साम्राज्ञीले महंगो पारिश्रमिक बुझेकी छिन् ।
निर्माण पक्षका अनुसार चलचित्रको छायांकन काठमाडौं र पोखराको विभिन्न स्थानमा हुनेछ । यसअघिकाे चलचित्र ‘ड्रिम्स’मा कपिलले नै लगानी गरेका थिए ।