स्वास्थ्य

स्यानिटाइजरको प्रयोग दिनहु गर्नु भएको छ?भर्खर बाहिरियो यस्तो डरलाग्दो रहस्य।

काठमाडौं: कोरोनाभाइरस महामारी फैलिएपछि नेपालमा पनि कीटाणुनाश गर्ने एक प्रकारको रासायनिक मिश्रण ‘स्यानिटाइजर’ को प्रयोग ह्वात्तै बढेको छ।तर औषधि व्यवस्था विभागका अनुसार बजारमा विक्री भइरहेका झन्डै ४० प्रतिशत स्यानिटाइजर मापदण्ड नपुगेका र गुणस्तरहीन छन्।

केही स्यानिटाइजरमा मेथनल नामक विषाक्त रसायन मिसाइएकाले त्यसबाट मानिसको स्वास्थ्यमा प्रतिकूल पर्न सक्ने र ज्यान पनि जान सक्ने चेतावनी दिँदै विभागले गुणस्तर निर्क्योल गरेर मात्र स्यानिटाइजर किन्न र प्रयोग गर्न आग्रह गरेको छ।विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने झन्डै डेढ दर्जन कम्पनीलाई कारबाही गरिएको र केही अनुसन्धानको क्रममा रहेका छन्।

Related Articles

Back to top button
Close