रोचक

शिवपुराणमा भनिएको छ, तिलको दान गर्दा हट्छ मृ*त्युको भय, घ्यू दान गर्दा रोग

काठमाडौँ । शिव पुराण भगवान शिवप्रति समर्पित ग्रन्थ हो। यस ग्रन्थमा दैनिक जीवनका समस्या छुट्कारा पाउनका लागि कयौँ सहज उपाय बताइएको छ। साथै विभिन्न समस्या सम्बन्धी छुटकारा पाउने चमत्कारी उपाय पनि उल्लेख गरिएको छ।यी मध्ये केही उपाय दानसँग सम्बधीत छन्। शिवपुराणमा ६ यस्ता चीजका बारेमा बताइएको छ, जुन समय समयमा दान गर्दा कुनै पनि व्यक्तिको खराब समय हट्ने गर्दछ। आज हामी तपाईलाई शास्त्रमा उल्लेख गरिएका कुन समयमा कुन चीज दान गर्दा कुन मनोकांक्षा पुरा हुन्छ भन्ने बारेमा जानकारी दिदैछौँ।

नुनः शिवपुराणका अनुसार नुन दान गर्दा खराब समय हट्ने र घरमा सुख, समृद्धि आउने गर्दछ।
तिलः तिलको दान गर्दा आत्मविश्वास बढ्ने र समस्याको सामना गर्ने शक्ति प्राप्त हुने गर्दछ। र तिल दान गर्दा सबैभन्दा ठूलो फल मृत्युको भय समय हट्ने गर्दछ।

घ्यूः घ्यू दान गर्दा मानिसको शारीरिक कमजोरी हट्ने गर्दछ। र पुराना पुरानो रोगबाट पनि मुक्ति पाउन सकिन्छ।कपडाः शिव पुराणका अनुसार जो व्यक्तिले कपडा दान गर्दछ, उनीहरुको उमेर पनि बढ्ने गर्दछ र निरोगी हुने गर्दछन्।अन्नः शिव पुराणका अनुसार जुन व्यक्तिले अन्न दान गर्छ उनीहरुको घरमा कहिलै अन्नको कमी हुँदैन्।सखरः सखर दान गर्दा शुद्ध र मनले चाहेको भोजन प्राप्त हुने गर्दछ।

Related Articles

Back to top button
Close