मंगलबार ०७ चैत्र २०७९

डोटीमा एक किशोरीमाथि पटकपटक कर णी भएको रहस्य खुलेको छ। कैलालीको चुरे गाउँपालिकाकी १३ वर्षीया ती किशोरीमाथि जोरायल गाउँपालिका–४ शान्तिपुरका ३८ वर्षीय कर्णबहादुर बोहराले कर णी ग’रेको भन्दै आफन्त प्रहरी समक्ष पुगेका छन्।

मामा घर गएकी किशोरीलाई बोहराले चाउचाउ र लुगाकपडा दिने भन्दै फकाएर साउन १९ गते जंगलमा लगेर कर णी गरेको आफन्तले बताएका छन्। त्यसपछि पनि किशोरीलाई जंगलबाट घरमा लगेर २ दिनसम्म पटक–पटक कर णी गरेको आरोप आफन्तले लगाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

कर णीपछि किशोरीलाई जंगलमै लगेर छाडिदिएपछि उनी २१ गते आफ्नो घर पुगेकी थिइन्। अहिले आरोपित बोहरा फ’रार रहेको र उक्त घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मल्लले बताए।

यो पनि : भूपू गोर्खाकी छोरी टोटेनह्याम फुटबल क्लबमा

भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौतागरेकी छन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् ।

वुमन सुपर लिगमा भिल्लाबाट सहभागी हुनुभएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत भएकी थिइन् ।

आफ्नो क्लबमा अनुबन्धित भएपछि टोटेनह्यामले अस्मितालाई क्लबले पाउनु खुशीको कुरा रहेको र उनले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी लगाउने बताएको छ । छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटेनह्यामले प्रशंसासमेत गरेको छ ।

टोटेनह्याममा अनुबन्ध भएपछि बोल्दै अस्मिताले क्लबको नाम निकै उच्च रहेको र क्लबका प्रशिक्षक रेहानीसँग थुप्रै कुरा सिक्ने र अघि बढ्दै टोलीलाई अग्रस्थानमा लैजाने बताए । क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी रहेको उनीसँग धेरै क्षमता रहेको कुरा उनका यसअघिका खेल योगदानले देखाइसकेको बताए ।

२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया