
काठमाडौ । महामारीका कारण लागेको लकडाउनले धेरै कलाकारहरु खाली छन् । पाएका कामहरु साना भएपनि गरिरहेका छन् । धेरै कलाकार म्युजिक भिडियोमा ब्यस्त छन् । तर नायक अनमोल केसीले भने लकडाउनकै बेलामा निकै महंगो पारिश्रमिकमा फिल्म सम्झौता गरेका छन् ।
आफ्नो ब्यानरबाट घोषणा भएको फिल्मलाई समेत अलपत्र छाड्दै अनमोल केसीले ‘एक्स ९’ का लागि निकै महंगो पारिश्रमिकमा खेल्ने सम्झौता गरेका छन् । आइतबार बिहानै उनले सम्झौता भएको फोटो सार्वजनिक गर्दै आफूले ‘एक्स ९’ खेल्न लागेको जानकारी गराएका हुन् ।
मल्टिस्टारर फिल्ममा अनमोल केसीसँगै सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, नविन लम्साल आदि कलाकारको अभिनय रहने बताइएको छ । फिल्मलाई ‘लप्पन छप्पन’ सिरिजका निर्देशक मुकुन्द भट्टले निर्देशन गर्दैछन् ।
५ करोड हाराहारी बजेटमा बन्ने लागेको यो फिल्ममा अनमोलले ७५ लाख हाराहारी रकम लिएको चर्चा छ । तर उनले यसवारे खुलाएका भने छैनन् । निर्माताले पनि उनलाई दिइने पारिश्रमिका बारेमा कुरा लुकाएका छन् । ‘कृ’मा २० लाख लिएयता अनमोलले कुनै फिल्म साइन गर्दा पारिश्रमिक मुख्य आकर्षण हुने गरेको थियो ।
नेपालसँगै युरोपका विभिन्न सहर र आबुधाबीमा छायांकन हुने फिल्मको तिहारपछि काम सुरु हुने निर्माण टिमले जनाएको छ । पुरुष कलाकारको जम्बो टोली रहने फिल्ममा प्रियंका थापा एक्लो हिरोइन रहनेछन् ।
फिल्ममा बलिउड अभिनेता सुनिल सेठ्ठीले पनि अभिनय गर्ने चर्चा चलेको थियो । तर त्यो कुरा भने पुष्टि भएको छैन । सुनिलले महंगो पारिश्रमिक अफर गरेपछि सोनु सुदलाई खेलाउने प्रयास निर्माता समुहले गरिरहेको छ । दोस्रो भाग भने कोरोनाका कारण प्रदर्शन हुन सकेको छैन । ‘पारस’सँगै अनमोलले ‘माइतीघर २’ र ‘एन्टि हिरो’ पनि खेल्ने घोषणा गरेका थिए । तर, यी फिल्मको पनि सुटिङ कहिले हुने टुंगो छैन । योमध्ये ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोनाका कारण केही महिनाअघि मुम्बईमा निधन भएको थियो ।