शुक्रबार १७ चैत्र २०७९

काठमाडौं । किरण गजमेर चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता बनेका छन । शनिबार साझ भएको द भ्वाइसको ग्राण्ड फिनालेमा पब्लिक भोट मार्फत उनि बिजेता भएका हुन् । बिजेता बने संगै उनले २५ लाख रुपैया नगद समेत पाएका छन । गजमेर कोच प्रमोदको टिमबाट फिनालेमा पुगेका थिए । त्यस्तै फाइनलिस्टहरु बैदेशिक शोहरुमा समेज जान पाउने भएका छन ।

किरण गजमेरको परिवार भुटान सरकारबाट नि.र्ममताका साथ देश निकाला गरिएका मध्यका हुन् । त्यहाँबाट लखेटिएपछी नेपालमा शरण लिन आइपुगेका थिए किरणका आमा बुबा । उनीहरु नेपाल आएसंगै शरणार्थीको रुपमा खुदनाबारी शिबिरमा रहदा किरणको जन्म भएको थियो । उनको बाल्यकाल शिबिर मै बितेपनि हाल भने परिवारसहित अमेरिकामा रहदै आएका छन । किरण शिबिरमा रहदै १० वर्षको उमेर देखि नै गित गाउदै आएका थिए । उनि अमेरिका गएपनि नेपाली गितसंगीतलाई उत्तिकै माया गरेर त्यसकै सिर्जनामा लागिरहेका थिए ।

किरणले जितसंगै आफुले पाएको २५ लाख रुपैया नगद समाजसेवामा खर्च गर्ने घोषणा गरेका छन । आफुले पाएको रकममा थप गर्दै पुर्वमा रहेको शरणार्थी शिबिरमा एक र पश्चिममा कुनै पनि अत्यावश्यक भएको ठाउमा एक गरि दुई एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन् । त्यस्तै किरणले केहि रकमको कोरोनाविरुद्दको भ्याक्सिन पनि सहयोग गर्ने बताएका छन । जितपछीको कुराकानीको क्रममा किरणले रवि र आफु दाजु भाई भएको बताएका छन । रबिको आमालाई सम्बोधन गर्दै किरणले भने – ‘रबि मात्र हैन अब तपाईको दुई छोरा भए आमा । मलाई छोरा स्विकार्नु होला ।’ जितेको ट्रफी आफ्नो मात्र हैन रबिको पनि रहेको उनले बताएका छन ।

यस अघि सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका थिए । टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका थिए। टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका थिए । टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी थिइन् । त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका थिए ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता घोषणा गरिएको हो । यसअघिको सिजनमा पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । आजको ग्राण्ड फिनालेको पुरा भिडियो यहाँबाट हेर्नुहोस ।

३०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया