सोमबार १२ मंसिर २०७९

बझाङ । बझाङमा एक १६ बर्षीय बालकले १२ बर्षीय बालकको ज्यान बचाएका छन् । ज्यान सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका(१० मा बस्दै आएका १६ बर्षीय बालक लाल बहादुर पुन मगरले बझाङ सुर्मा गाँउपालिका(४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्यान बचाइदिएका हुन् ।

बाउली खोलामा बनेको बसपार्क नजीकै पौडी खेल्ने क्रममा जयराजलाई खोलाले बगाएर झण्डै ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो ।

खोलामा बग्दै गरेको अवस्थामा बोहरालाई मगरले ई देखेपछि खोलामा हाम फालेर ज्यान बचाएका हुन् । आफ्नो छोराको ज्यान बचाएको भन्दै बालकका अभिभावकले अविर दोसल्ला सहित सम्मान गरेका छन् । मगरको यो साहसिक कदमलाई सम्मान गर्दै सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहरा, यहाँका बद्धिजीवी, युवाहरुले समेत मगरलाई केही नगदसहित सम्मान गरेका छन् ।

३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया