
काठमाडौं – बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन अहिले तनावमा छन् । उनको घरमा बम भएको खबर फैलिएपछि उनी तनावमा आएका हुन् ।
अमिताभको घर जलसामा बम भएको खबर फैलिएपछि मुम्बइमा हलचल मच्चिएको भारतिय मिडियामा जनाइएको छ । एक अज्ञात व्यक्तिले शुक्रवार राति मुम्बइ पुलिसलाई फोन गरेर जलसामा बम भएको सूचना दिएको बताइएको छ ।
ती व्यक्तिले मुम्बइ पुलिसलाई अमिताभको घरसहित दादर, सीएसटी र भायखालामा बम राखिएको बताएका थिए । सूचना पाएपछि मुम्बइ पुलिसले तत्काल सुरक्षामा कडाइ गरेको छ ।
खबर पाए लगत्तै सरकारी रेलवे पुलिस, रेलवे सुरक्षा बल, बम डिटेक्शन र डिस्पोजल स्क्वाडमा पुलिसले खोजी गरेको छ । अनुसन्धानको क्रममा पुलिसले उक्त सूचना दिने २ जनालाई नियन्त्रणमा लिएको छ ।