समाचार

भर्खरै प्रधानमन्त्री ओलीको पनि कोरोना रिपोर्ट आयो

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकारहरूलाई कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यबारे चासो बढेको छ।बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री, स्वकिय सचिव इन्द्र भण्डारी,विकास विज्ञ गजेन्द्र थपलिया, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।प्रधानमन्त्रीबाहेक उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ।

सुरक्षामा खटिएका १५र२० जना सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको छ।झण्डै १ सय ५० जनाको कोरोना परिक्षण गरिएको थियो।यस्तै आज नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १२० संक्रमित थपिएका छन् । योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ ।

अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा छन् ।

Related Articles

Back to top button
Close