मंगलबार ०७ चैत्र २०७९

एजेन्सी । एकजना प्राध्यापकको जीवनमा एउटा अनौठो घटना भएको छ । भारत महाराष्ट्र पुणेका प्रोफेसर आफ्नो बाइकमा कतै जाँदै थिए । वाइकको अगाडी हेण्डलनिरवाट केही हिस हिस गरेको आवाज आइरहेको थियो । सुरुमा त उनले यो आवाजलाई वेवास्ता गरे । तर जति वाइकको स्पीड वढाउँथे आवाज पनि ठूलो ठूलो हुँदै गयो ।

त्यसपछि उनले आफ्नो वाइकको हेण्डलमा हेरे । जव उनले दृष्य देखे उनको होस उड्यो । वाइकको हेण्डलमा निकै ठूलो स र्प वसेको थियो । त्यो कुनै चानचुने पनि थिएन को ब्रा थियो । पुणे जिल्लाको इंदापुर तालुका निमागाँव केतकी गाउँका निवासी प्रोफेसर सोपान भोंग मंगलबार बिहान आफ्नो बाइकमा खेतको लागी गएका थिए ।

घर बाट करिब एक किलोमिटर टाढा, जब प्रोफेसर भोंग आफ्नो खेत को काम सकेर घर फर्कदै थिए, उनले बाइक को ह्यान्डल को नजिक एक हिसि आवाज सुने। सुरुमा उनले यो आवाजमा ध्यान दिएनन्, तर जसरी गाडीको गति बढ्यो, त्यति नै आवाज आयो। जब उनले बाइक रोके र ध्यान दिएर हेरे, त्यहाँ ह्याण्डलको नजिक एउटा स र्प बसिरहेको थियो।

त्यसले मुख बाहिर निकालीरहेको थियो, तर ह्यान्डल पाइपमा फ सेको कारण बाहिर आएन। यस पछि प्रोफेसर को होश उड्यो। तैपनि, साहस गरेर उनले वाइक ग्यारेजमा लगे । ग्यारेजवाला पनि वाइक खोल्न डरायो । त्यसपछि स र्पको संरक्षण गर्ने सरकारी अधिकारीलाई बोलाइयो । उनले नै स र्पलाई बाहिर निकाले ।

भारतीय को बरा प्रजातिको यो स र्पको लम्बाई करिब ५ फिट थियो। स र्प मित्रले उनलाई धेरै सजिलै बाहिर निकाले र उनी वन क्षेत्र मा रिहा गरिदिए ।

४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया