समाचार

काठमाडौं आउँदै गरेको ट्रक चालकसहित त्रिशुलीमा खस्यो

काठमाडौं । त्रिशूलीमा ट्रक खसेपछि चालकसहित ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्गमा शनिबार बिहान भएको ट्रक दुर्घटनामा चालकसहित तीन जना घाइते भएका हुन् । एकजनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक पृथ्वीराजमार्गको चितवन इच्छाकामना गाउँपालिका–४ कुरिनटार आरएसआर होटल नजिकको मोडबाट बिहान पौने पाँच बजे सडकबाट तल त्रिशूली नदी किनारमा खसेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका–७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र ट्रकमा रहेका धादिङ थाक्रेका २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा घाइते भएका छन् । चितवन प्रहरीका अनुसार अर्जुनको अवस्थ गम्भीर छ ।

चालक रोहितको खुट्टामा चोट छ भने सहचालक राजकुमारको अवस्था सामान्य छ । घाइतेलाई उपचारका लागि धादिङ मलेखुको हाइवे अस्पताल लगिएको छ । ट्रक सडकदेखि अन्दाजी ५० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।File photo

Related Articles

Back to top button
Close