समाचार

प्रदेश ५ को राजधानी देउखुरी प्रस्ताव : दाङमा खुसियाली, बुटवलमा वि रोध

दाङ/रूपन्देही — देउखुरी क्षेत्रलाई केन्द्र मानेर प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि दाङमा खुसियाली छाएको छ भने बुटवलमा कांग्रेसले वि रोध प्रदर्शन थालेको छ ।

दाङ राजधानी सरोकार समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले प्रदेशको पूर्वपश्चिम र उत्तरदक्षिण क्षेत्रलाई आधार मान्दै उपयुक्त ठाउँमा राजधानी प्रस्ताव गरिएको बताए ।

यो निर्णयले सबैको भावनालाई आत्मसात् गरेको छ । विज्ञहरूको सुझाव,प्रदेशवासीको माग र संसदीय समितिको अध्ययनबाट प्रस्ताव भएकाले यो उपयुक्त छ उनले भने । प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावले पनि प्रदेशकै भावना समेटेको उनले बताए ।

नेकपाका तर्फबाट प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले दाङ, अर्घाखाँची र प्यूठान क्षेत्रको मिलनबिन्दु भएको र सबैलाई पायक पर्ने बताए । प्रदेश राजधानीको प्रस्ताव स्वागतयोग्य भएको कांग्रेस जिल्ला सचिव शंकर डाँगीले बताए ।

सबै क्षेत्रको अध्ययन गरेर प्रस्ताव भएकाले छिट्टै राजधानी तोकेर कार्यान्वयन गर्नुपर्छ,उनले भने । गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरले प्रदेश राजधानीको प्रस्तावले सबैलाई न्याय गरेको बताए ।

देउखुरी क्षेत्र पर्ने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रस्तावले अत्यन्तै उत्साहित बनाएको बताए । राजधानीका लागि एक हजार बिघा जमिन उपलब्ध गराउन सकिने भनेर यसअघि नै प्रदेश सरकारलाई प्रस्ताव पठाइसकेको उनले जानकारी दिए ।

Related Articles

Back to top button
Close